कोहलपुर नगरपालिकाद्धारा राष्ट्रिय खेलाडी पुजा सम्मानित
Tuesday, November 5th, 2024, 5:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, कात्तिक २० गते
यसै साता महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोलीकी सदस्य पुजा रानालाई गृहजिल्लामा सम्मान गरिएको छ । मंगलबार पुजालाई बाँकेको कोहलपुर नगरपालिकाले नगद ५१ हजार सहित सम्मान गरेको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य कोहलपुर निवासी पुजाले नेपाललाई फाइनल सम्मको यात्रा तय गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो ।
राष्ट्रिय टोलीमा पुजाले गरेको योगदानको उच्च मुल्याकन गर्दै सम्मान गरिएको कोहलपुर नगरपालिका नगर प्रमुख पुर्णप्रसाद आचार्यले बताउनु भयो ।
कोहलपुरकी चेलीले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा देशकै लागी महत्वपुर्ण योगदान गर्ने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको नगर प्रमुख आचार्यले बताउनु भयो ।आचार्यले स्थानीय स्तरमा खेलाडीहरुको उत्पादनमा पछिल्लो समय कोहलपुर नगपालिकाले विद्यालयस्तरका खेल, कोहलपुर गोल्ड कप, वडास्तरीय फुटबल, क्रिकेट र भलिबल जस्ता खेलहरु आयोजना गरिरहेको बताउनुभयो ।

……..
नगर प्रमुख आचार्यले खेलाडीहरुको आत्मबल र उहाँहरुको क्षमताको सम्मान गर्दै भावी दिनहरुमा यसरी नै खेलाडीहरुको सम्मान गरिने उल्लेख गर्नुभयो ।
कोहलपुर नगर उपप्रमुख संगिता सुवेदी पौडेलले कोहलपुरको चेलीलाई यसरी सम्मान गर्न पाउनु गर्वको कुरा भएको बताउनु भयो ।

……..