वीरेन्द्र, रिचा र सुनिललाई कालपृष्ठ पुरस्कार
Friday, September 26th, 2025, 11:08 pm
Kalpristha
दुर्गा पौडेल
नेपालगन्ज, १० असोज
कालपृष्ठ दैनिकले आफ्नो स्थापना दिवसको अवसरमा तीन जना विभिन्न विधाबाट पुरस्कृत गरेको छ । कालपृष्ठले आफ्नो स्थापनाको २८ औं वर्षको अवसर पारेर स्थापना गरेको शुक्रबार तीन पुरस्कारहरु ‘कालपृष्ठ युवा पत्रकारिता पुरस्कार’, ‘कालपृष्ठ युवा उद्यमी पुरस्कार’, र ‘कालपृष्ठ युवा गायक पुरस्कार’ घोषणा समेत गरेको थियो । पत्रकारिताको क्षेत्रबाट महत्वपुर्ण योगदान गरेको भन्दैं वीरेन्द्र जैशी (बिपी अस्तु)लाई कालपृष्ठ युवा पत्रकारिता पुरस्कार गरेको छ ।
गायन विद्यामा देश–विदेशमा ख्याती कमाएका बाँके खजुरा निवासी गायक सुनिल सिंह ठकुरीलाई कालपृष्ठ युवा गायक पुरस्कारबाट पुरस्कृत गरिएको छ । त्यस्तै युवाहरुलाई व्यापारमा लाग्न उत्प्रेरित गर्दै सफल व्यवसायीको रुपमा रिचा लुइटेललाई कालपृष्ठ युवा उद्यमी पुरस्कारबाट पुरस्कृत गरेको छ ।
तीन जनालाई लुम्बिनी प्रदेश सभा सदस्य एवम् निर्वतमान मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि बादशाह कुर्मी, प्रदेश सभा सदस्य एवम् निवर्तमान मन्त्री रत्न खत्री, प्रेदश सभा सदस्य अम्बिका काफ्ले, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान नगर उपप्रमुख उमा थापा मगर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, महिला उद्यमी संघ बाँकेको निर्वतमान अध्यक्ष सावित्रा बस्नेत, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले संयुक्त रुपमा सम्मान प्रदान गर्नुभएको थियो ।
सम्मानित व्यक्तिहरुको तर्फबाट बोल्दैं वीरेन्द्रले कालपृठ दैनिक नेपालगन्जमा सधै आफुलाई उत्कृष्ट र सत्यतथ्य समाचार लेख्ने संचारमाध्यमका रुपमा प्रस्तुत गर्दै आएको बताउनु भयो । कालपृष्ठ दैनिकमा काम गर्ने अवसर प्राप्त गर्दै आफनो पत्रकारितालाई निर्खादै अगाडी बढेको स्मरण गर्दै पत्रकार वीरेन्द्रले सम्मानले थप जिम्मेवार भएर पत्रकारिता गर्न उत्प्रेरणा मिलेको बताउनु भएको थियो ।