बेलभारमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न
Wednesday, December 10th, 2025, 10:04 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ मंसिर
महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेको अवसरमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारमा महिला हिंसा बिरुद्ध जनचेतना तथा मानसिक स्वास्थ्य सम्बन्धी एक दिने कार्यक्रम गरिएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि नेपालगन्ज उपमहानगरापालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पबित्रा पुरीले ग्रामीण समुदायमा समेत महिला हिंसा बिरुद्धमा जानकारी प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले ग्रामीण महिलालाई जानकार बनाउने बिश्वास व्यक्त गर्नुभयो ।
संघकी अध्यक्ष रेवती सिंहको अध्यक्षतामा भएको जनचेतनामूलक कार्यक्रममा साना हातहरु संस्थाकी कार्यक्रम संयोजक अम्बिका थापा, शक्ति समूहकी सुनिता चौधरीले महिला हिंसा र सामाजिक असर, कानूनी उपचारलगायत विषयमा सहभागिलाई जानकारी गराउनुभएको थियो । यस्तै शुष्मा सुवेदी पोखरेलले मानसिक स्वास्थ्य तथा उद्यमी ऋचा लुइटेलले सामाजिक संजालको प्रयोग गरेर कसरी उद्यम गर्न सकिने बारेमा बोल्नुभएको थियो ।

……….
कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, नेपालगन्ज उपमहानगरपालिका महिला शाखाकी महिला विकास अधिकृत आशा शाही, बेलभार स्वास्थ्य चौकीका प्रमुख गोविन्द पौडलले लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्थानीय महिला, किशोरी, स्वास्थ्य स्वंयसेविकाको उपस्थिति रहेको कार्यक्रमको अन्त्यमा कार्यक्रममा सहकार्य गरेकाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । मूल समारोह समिति एवं नगरस्तरीय लैंङ्गिक हिंसा निगरानी संजाल, नेपालगन्ज मूल आयोजक रहेको सचेतना कार्यक्रमलाई उद्यमी संघ नेपालकी महासचिव बिन्दु चर्तिमगरले कार्यक्रम संचालन गर्नुभएको थियो ।