मेयर कप अन्तर विद्यालय फुटबल : छात्रमा हाेलिल्याण्ड र छात्रामा नेपालगन्ज माेडेल च्याम्पियन
Tuesday, June 23rd, 2026, 8:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, असार ९ गते
बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र-छात्रा (यु-१८) फुटबल प्रतियाेगितामा हाेलिल्याण्ड र नेपालगन्ज माेडेल एकेडेमी च्याम्पियन भएका छन् । छात्रमा हाेलिल्याण्ड र छात्रामा नेपालगन्ज माेडेल च्याम्पियन भएका हुन् । छात्रतर्फ हाेलिल्याण्डले नेपालगन्ज माेडेल एकेडेमीलाई सडेनडेथमा ५-४ गाेलले पराजित गर्याे । निर्धारित समयमा दुवै टाेलीबाट १-१ गाेल भएकाे थियाे ।
२४ मिनेटमा अनमाेल विककाे गाेलबाट हाेलिल्याण्डले अग्रता लिएकाे थियाे । ४७ मिनेटमा सुनिल थारुले गाेल गरेर नेपालगन्ज माेडेललाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै टीमबाट गाेल हुन नसकेपछि खेल टाइब्रेकरमा गएकाे थियाे । जसमा हाेलिल्याण्डले बाजि मार्याे । हाेलिल्याण्डबाट अभिषेक थापा, आशिष कुमाई, मनिष सुनार, डानेल राेकामगर, अनमाेल विकले गाेल गरे । हिमाल पुरीकाे प्रहार नेपालगन्ज माेडेलका गाेलकिपर आयुष चन्दले राेकिदिए । नेपालगन्ज माेडेलबाट महेश शाही, आयुष चन्द, राज नेपाली र सुनिल थारुले गाेल गरे । पुष्कर मल्ल र निराजन शाहीले गाेल गर्न सकेनन् ।
फाइनल खेलकाे प्लेयर अफ द म्याच हाेलिल्याण्डका गाेलकिपर प्रवीण सुनार भए । उनलाई एन्फा बाँकेका वरिष्ठ उपाध्यक्ष अनिल केसी र पूर्वखेलाडी निजामुद्दिन सिद्विकीले पुरस्कृत गरे । छात्रातर्फ नेपालगन्ज माेडेल एकेडेमीले मनकामना ईमि स्कुललाई ३-० गाेलले पराजित गर्याे । नेपालगन्ज माेडेलकी ज्याेति कँडेलले ७ र ३६ मिनेट तथा विनिता चाैधरीले २१ मिनेटमा गाेल गरेकी थिइन् ।
फाइनल खेलकाे प्लेयर अफ द म्याच नेपालगन्ज माेडेलकी ज्याेति कँडेल भइन् । उनलाई बाँके जिल्ला महिला फुटबल समितिकी महासचिव सुमित्रा लामिछानेले पुरस्कृत गरिन् । प्रतियाेगिताका छात्रतर्फका सर्वाेत्कृत्ट खेलाडी हाेलिल्याण्डका अभिषेक थापा र छात्रामा नेपालगन्ज माेडेल एकेडेमीकी भावना खड्का भइन् । दुवैले दुई हजार पाँच सय पुरस्कार पाए ।
विधागतमा उत्कृष्ट छात्रतर्फ हाेलिल्याण्डका गाेलकिपर प्रवीण सुनार, रक्षकमा नेपालगन्ज माेडेलका सुनिल थारु, मिडफिल्डरमा नेपालगन्ज माेडेलका गणेशसिंह ठकुरी, स्ट्राइकरमा हाेलिल्याण्डका अनमाेल विक र प्रशिक्षकमा हाेलिल्याण्डका जंगबहादुर थापाले पुरस्कार पाए ।
छात्रामा उत्कृष्ट गाेलकिपर मनकामना स्कुलकी प्रिङ्का विक, रक्षक, मिडफिल्डर, स्ट्राइकरमा नेपालगन्ज माेडेलका क्रमशः शितल राेकाय, सविता चाैधरी, ज्याेति कँडेल तथा उत्कृष्ट प्रशिक्षकमा नेपालगन्ज माेडेलका नरेन्द्र शाहले पुरस्कार पाए । नेपालगन्ज उपमहानगरपालिकाकाे सहयाेगमा बाँके जिल्ला फुटबल संघले आयाेजना गरेकाे प्रतियाेगिताका विजेताले ३१ हजार र उपविजेताले १६ हजार पुरस्कार पाए ।

………
विजेता, उपविजेता, विधागत उत्कृष्टलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला अध्यक्ष भाेजराज शाहीगलायतले पुरस्कृत गरे । प्रतियाेगितामा छात्रमा ३७ वटा र छात्रामा ११ वटा विद्यालयले भाग लिएका थिए ।