ब्याडमिन्टन संघ बाँकेको अध्यक्षमा डा. कुमार
Tuesday, July 7th, 2026, 7:52 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, असार २३ गते
डा. कुमार शान शाहको अध्यक्षतामा बाँके जिल्ला ब्याडमिन्टन संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । सोमबार नेपालगन्जमा भएको संघको आठौं साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षहरुमा सिद्धान्त जंग राणा, भक्त गोदार, कमल थापा र अजय कनोडिया निर्विरोध निर्वाचित हुनु भयो ।
सचिवमा विवेक श्रेष्ठ, सहसचिवमा दिपक ध्वज शाही, कोषाध्यक्षमा प्रकाश माझी निर्वाचित हुनु भयो । यसैगरी संघको सदस्यहरुमा अनिल लाखे, ईश्वर श्रेष्ठ, प्राण शान शाह, हिमालयन शाह, त्रिदिप श्रेष्ठ, राकेश केसी, प्रसिद्ध ढकाल, सोनु अलि सिद्धिकी, मनोज चपाई, जनार्दन मल्ल, शशी स्वाँर, खगेन्द्र रोकाय, प्रेम सागर विक, जीवन केसी, सूर्य श्रेष्ठ, विश्वनाथ योगी, शशी प्रकाश बटाला, मान बहादुर थापा, इरफान अन्सारी र श्याम सुन्दर अधिकारी निर्वाचित हुनु भयो ।

……..
निर्वाचन अघि भएको बाँके जिल्ला ब्याडमिन्टन संघको आठौं साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रमा नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष अनुज बस्नेत लगायतका अतिथीहरुले नयाँ कार्यसमितिलाई ब्याडमिन्टन खेलको विकासमा सक्रिय हुनका लागि शुभकामना दिनु भएको थियो ।

……..