वडा १० ले सम्पन्न गर्यो वडा भेला
Wednesday, June 30th, 2021, 8:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ असार
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १० ले वडा भेला सम्पन्न गरेको छ । वडाले बुधबार नेपालगन्जमा वडा भेला कार्यक्रमको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो । भेलामा वडास्तरीय योजना तथा कार्यक्रम तर्जुमा बारेमा पनि छलफल भएको छ । भेलामा सहभगीमध्ये अधिकांशले टोलमा बाटो, नाला निर्माण तथा स्तोरोन्नतिका बारेमा माग गरेका थिए । वडासचिव शान्ती केशीकाअनुसार भेलामा आएका निवेदन मध्ये अधिकांश निवेदन पूर्वाधार निर्माणका रहेको छन् ।
ॅआजको भेलामा धेरै योजनाहरु आएका छन् । जसमा धेरै जसो बाटो, नाली बनाउने निवेदन आएका छन्,’ सचिव शान्तिले भनिन् ।
त्यसैगरी भेलाका सहभागीले आपांगता भएका व्यक्तिको वडाले बीमा गरिदिने, तेस्रो लिंगीलाई भत्ताको व्यवस्था गर्नुपर्ने निवेदन पनि आएका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष विन्दुभुषण बस्नेतले वडाको विकासका लागि पूर्वाधार निर्माणमात्रै नभएर अन्य विकासका कार्यक्रमलाई पनि प्राथमिकता दिनु पर्ने बताए । उनले यो अन्तिम कार्यवर्ष रहेको बताउँदै वडाले गर्नुपर्ने आवश्यक कामपनि यसैवर्ष सम्पन्न गर्ने बताए ।