अन्तर्राष्ट्रिय जुडो तालिममा बाँकेका २ खेलाडी
Tuesday, July 20th, 2021, 9:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ साउन
अन्तर्राष्ट्रिय जुडो महासंघको आयोजनामा स्वीटजरल्याण्डमा आयोजना हुने तालिममा बाँकेका दुई खेलाडी पर्न सफल भएका छन् । तालिममा खजुरा गाउँपालिकामा रहेको मंगोलियन जुडो क्लबका आयुषसिंह साउद र सुश्रीसम्झना थापा स्वीटजरल्याण्डमा हुने एक हप्ते तालिममा सहभागी हुने भएका हुन् ।
मंगोलियन जुडो क्लबका अध्यक्ष तथा प्रशिक्षक विजय गुरुङका अनुसार सन् २०२१ अगष्ट १ देखि ७ सम्म संचालन हुने तालिममा नेपालबाट बाँकेका दुईजनामात्र खेलाडी छनौट भएका हुन् ।
‘उक्त तालिममा विस्वभरका जुडो खेलाडीहरुको सहभागिता हुन्छ । नेपालबाट भने बाँके जिल्लाका दुईजना खेलाडी मात्र पर्न सफल भएका छन् । नेपाल अधिराज्यबाट राम्रा र सफल खेलाडीहरु छनोट गर्दा बाँके मंगोलियन जुडो क्लबका खेलाडी पर्न सफल भएका हुन्,’ प्रशिक्षक गुरुङले भने ।
तालिममा सहभागिता जनाउन उनीहरुलाई खजुरा गाउँपालिकाका नम्बर वडा ३ ले तीनवटा ट्रयाक सुट र बेस्ट बजारका संचालक करन थापाले तीनवटा टिसर्ट सहयोग गरेका छन् ।
तालिमका लागि उनीहरु बिहीबार जाँदै छन् । उनीहरुलाई प्रशिक्षकले बुधबार विदाइ गरेका छन् ।
तेस्तै अहिले विश्व ओलम्पिकमा पनि मंगोलियन जुडो क्लबकै सोनिया भट्ट ओलम्पिक खेल्न गएकी छिन् । उनी पनि नेपालबाट एकमात्र खिलाडी हुन जो दुईपटक विश्व ओलम्पिकमा सहभागी भएकी छिन् ।