कारकाँदोमा मेघाको नयाँ शाखा
Friday, July 30th, 2021, 3:40 pm
Kalpristha
नेपालगन्ज, १५ साउन
नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्गको इजाजत प्राप्त मेघा बैंकको बाँकेमा तीनवटा शाखा संचालनमा आएका छन् । यसअघि नेपालगन्जको धम्बोझी र कोहलपुरमा शाखा संचालन गर्दै आइरहेको बैंकले शुक्रबार पुनः नेपालगन्जमा एकवटा नयाँ शाखा विस्तार गरेको हो ।
बैंकले नेपालगन्ज उप–महानगरपालिका–१८, कारकाँदोमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कारकाँदोसहित एकैपटक ६ वटा नयाँ शाखा विस्तार छ भने थप १० वटा शाखाहरु विस्तारका क्रममा रहेको बैंकले जनाएको छ । बैंकले अन्य स्थान प्रदेश नम्बर १ मा एकवटा, बागमती प्रदेशमा तीनवटा र सुदूरपश्चिम प्रदेशमा एकवटा नयाँ शाखा विस्तार गरेको हो ।
बैंकले प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिका–१६ लविपुरमा, बागमती प्रदेशको नुवाकोट जिल्ला विदुर नगरपालिका–२, बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका–७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका–१ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले दिए ।
पोखरेलका अनुसार हाल मेगा बैंकको शाखा संख्या एक सय ८४ पुगेको छ ।