कोरोना संक्रमणको दर फेरि उकालो
Monday, August 2nd, 2021, 8:42 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, १८ साउन
बाँकेमा कोभिड–१९ को संक्रमण दर फेरि उकालो लागेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकअनुसार कोभिड संक्रमितको संख्यामा पुनः वृद्धि देखिएको छ ।
जिल्लामा सोमाबारमात्रै १५ जना संक्रमित भएका छन् । जसमा महिला आठजना र पुरुष सातजना रहेका छन् । साथै पाँचजना संक्रमण मुक्त भएका छन् ।
जिल्लामा संक्रमण दर बढेको मात्रै छैन, निको हुने संक्रमितको संख्या पनि न्यून रहेको छ । एक साताको तथ्यांकमा निको हुनेभन्दा थपिने क्रम धेरै रहेको छ । गत आइतबार पनि आठजनामा संक्रमण पृष्टि हुँदा ६ जना निको भएका छन् । जसमा पाँचजना महिला र तीनजनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गत साउन १६ गते महिला तीनजना र पुरुष ६ जनागरी नौजनामा संक्रमण पुष्टि भएको थियो भने एकजनामात्र संक्रमण मुक्त भए । साथै साउन १५ गते चारजना, १४ गते नौजना, १३ गते चारजना, १२ गते चारजना र ११ गते भने १५ जनामा संक्रमण पुष्टि भएको थियो ।
साथै साउन १५ र १४ गते संक्रमण मुक्त दर शून्य रहेको केन्द्रले जनाएको छ । साथै १३ गते चारजना, १२ गते तीनजना र ११ गते दुईजनामात्र निको भएको छन् ।
जिल्लामा मृत्यु हुने दर भने शून्यनै रहेको केन्द्रले जनाएको छ । पहिल्लो एकसाता यता कुनैपनि संक्रमितको मृत्यु भने हुन पाएको छैन ।
हालसम्मको तथ्यांक हेर्दा १७ हजार ६ सय ४९ जनामा संक्रमण भई सकेको छ भन १७ हजार दुई सय ५० जना निको भएका छन् । साथै जिल्लामा तीन सय २२ जना संक्रमितको मृत्यु भई सकेको छ ।
त्यसैगरी देशभरको तथ्यांक हेर्ने हो भने पनि निको हुने संख्याभन्दा थपिने दर बढेको छ । देशमा थप तीन हजार एक सय २५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ नमूना पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय ७९ मा संक्रमण देखिएको हो भने एन्टिजेन विधिबाट तीन हजार एक सय ९८ मा परीक्षण गर्दा आठ सय ४६ मा संक्रमण देखिएको छ ।
साथै देशरभारका विभिन्न स्थानकबाट एक हजार हजार नौ सय २५ जना कोरोना मुक्त भएभने थप २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ६ लाख ९९ हजार ६ सय ४९ जनामा संक्रमण पुष्टि भई सकेको छ । साथै ६ लाख ५८ हजार एक सय २२ जना निको भएका छन् भने नौ हजार आठ सय ९८ जनाको संक्रमितको मृत्यु भई सकेको छ ।
हालसम्म नेपालमा ३६ लाख २२ हजार चार सय ८० जनाको पीसीआर परीक्षण भई सकेको मन्त्रालयले जनाएके छ ।