‘केलमी’ ब्राण्डलाई चिनाउँदै रविन र सृजना
Monday, August 2nd, 2021, 9:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ साउन
भिडियोमा हेर्न यहाँ क्लिक गर्नुहोस्
नेपालगन्ज धम्बोझी निवासी रविन कुमार शाही र काठमाडौंकी सृजना थपलियाले नेपालगन्जमा स्पोर्ट्स गिअरको स्पेनी ब्राण्ड ‘केलमी’ भित्र्याएका छन् । स्नातक तहमा व्यवस्थापन संकायका विधार्थी रविननले प्लस टु मा भने विज्ञान विषय लिएर पढेका थिए । सानैदेखि व्यापार व्यवसायमा रुचि भएका रविनले ब्याचलरमा व्यवस्थापन संकाय रोजे । ब्याचलर पढ्दा पढ्दै उनले आफ्नै एक कम्पनी दर्ता गरिसकेका थिए, नेपनेक्स प्रा.ली. । उनको परिवार भने सरकारी सेवा र राजनीतिमा सक्रिय छ ।
आफ्नो रुचि पछ्याउँदै रविनले ‘केलमी’को नेपालको लागि आधिकारिक विक्रेतामा ब्राण्ड म्यानेजर भएर काम पनि गरे । खेलकुद गतिविधिमा चासो राख्ने रविनको उक्त ब्राण्डसँग लगाव बढ्दै गयो । उनले ‘केलमी’को लोकप्रियता बढ्दै गइरहेको नजिकबाट बुझ्न पाए । त्यही लोकप्रियतालाई ध्यानमा राखेर काठमाडौं आसपासका सहरहरुमा ‘केलमी’का आउटलेटहरु खुलिसकेका थिए । तर पश्चिममा त्यसको अवसर खाली नै थियो । उनले पश्चिमको प्रमुख र आफ्नो गृहनहर नेपालगन्जमै ‘केलमी’को कुनैपनि शाखा नभएको अवस्थालाई मध्यनजर गर्दैब्राण्ड भित्र्याउने निर्णय गरे र आफूले स्थापित गरेको कम्पनीमार्फत ‘केलमी’ नेपालगन्जमा ल्याए । यस क्षेत्रमा व्यापकरुपमा परिचित नभइसकेको ब्राण्डलाई भित्र्याउनु आँट नै गरेको भन्न रचाउँछन् रविन ।
सृजना पत्रकारिताकी विद्यार्थी हुन् । तर उनलाई पनि व्यापारमा रुचि भएकोले ‘केलमी’मै काम सुरु गरिन् । त्यहीँ काम गर्दै गर्दा आफैंले केही गर्ने दुवै जनाको सोचले मेल खायो र ‘केलमी’लाई नै नेपालगन्जमा ल्याउने सल्लाह गरे । कुरा मिलेपछि उनीहरुले संयुक्तरुपमा नेपालगन्जमा आउटलेट ल्याउन सफल भए ।नेपालगन्जमा खेलकुद गतिविधि भइरहने तर ब्राण्डेड स्पोर्ट्स गिअरहरु उपलब्ध हुनेअर्काे उपयुक्तठाउँ नभएकोले संभावना प्रशस्त रहेको बताउँछन् रविन ।
‘केलमी’ विशेषगरी ‘सकर’ प्रकृतिका खेलसँग सम्बन्धित गिअरहरुको ब्राण्ड हो। फुटबल, भलिबल, बास्कटेबल र फुटसलसँग सम्बन्धित ट्रेनिङ गेयर, ब्याग,ज्याकेट, सुज, ट्राउजर, बल र क्यापलगायका सामानहरु उपलब्ध छन् । उक्त ब्राण्ड चीनमा विशेषरुपले प्रख्यात छ ।नेपालमा एन्फाले आयोजना गर्ने इभेन्टमा सहकार्य पनि गरेको उक्त ब्राण्ड खेलकुद प्रेमीमाझ लोकिप्रय हुँदै छ ।
अन्य स्पोट्स गेयरका ब्राण्डसँग तुलना गर्दा ‘केलमी’को मूल्य र गुणस्तर दुवैले प्रतिस्पर्धा गर्न सक्ने रविन बताउँछन् । ‘केलमी’का उत्पादनमा प्रयोग हुने कपडा गुणस्तरीय भएको प्रतिक्रिया पारखीहरुबाट आइरहेको उनले बताए ।
नेपालगन्जमा आउटलेटको सफ्ट ओपनिङ भएको करिब दुई हप्तामात्रै भएको छ । औपचारिक उद्घाटन हुन बाँकी नै छ । मानिसहरु आएर बुझ्ने क्रम सुरु भइसकेको रविनले बताए ।
सृजना नेपालगन्जमा हुने खेलकुद गतिविधिमा ‘केलमी’ले सहकार्य गर्न तयार रहेको बताउँछिन् । सहरमा भित्रिएको एक भरपर्दाे ब्राण्डलाई सम्बद्धहरुले माया गर्ने विश्वास उनले व्यक्त गरिन् । तीन वर्ष विदेश बसेर आएकी सृजना आफ्नै देशमा केही गरौँ भनेर व्यापारमा हात हालेको र त्यसमा सबैको साथ पाउने विश्वास व्यक्त गर्छिन् ।