दाङमा अटोमेटिक पेस्तोलससहित दुई भारतीय पक्राउ
Tuesday, August 3rd, 2021, 3:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १९ साउन
दाङमा प्रहरीले चाइनिज अटोमेटिक पोस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सिद्धार्थनाथ जिल्ला नगरपञ्चायत बढनी ३ बस्ने २२ वर्षका करमुल्लाह आमिर र सोही पञ्चायत वडा नं. ८ का १९ वर्षका राजा खान रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी दाङले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुलाई सोमवार दाङको गढवा गाउँपालिका–१ जुनौलीस्थित पूर्व–पश्चिम राजमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुले त्यहाँ पेस्तोलको कारोवार गर्दै गरेको गोप्पे सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिएका छन् । ‘एक थान अटोमेटिक पोस्तोलको कारोवार भैरहेको छ भन्ने प्रहरीलाई सूचना थियो । त्यही सूचनाका आधार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो’–प्रहरी प्रमुख काफ्लेले भने–‘अहिले पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेका छौ ।’
प्रहरी प्रमुख काफ्लेका अनुसार उनीहरुबाट एक थान अटोमेटिक पेस्तोल र उक्त पेस्तोलमा लाग्ने गोली २ थान २ थान म्याग्जीन, मावाइल बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी दुबै जना अबैध हातहतियारका कारोवारी भएको र उक्त पेस्तोल दाङका केही हतियार राख्न सोकिन र अपराधिक गतिविधिमा सम्भावित संलग्न व्यक्तिहरुसँग ३ लाखमा विक्रीका लागि बाग्रेनिङ गरिरहेको खुल्न आएको छ ।