एसईईको नतिजा प्रकाशित : यहाँबाट हेर्न सकिन्छ
Saturday, August 7th, 2021, 4:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ साउन
२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिन्छ । इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सक्ने बताएको छ ।
त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, एडुसञ्जाल, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।
विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए ।