बार्सिलोनाबाट मेस्सीको भावपूर्ण बिदाई
Sunday, August 8th, 2021, 6:08 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २४ साउन
लियोनल मेसीले आइतबार बार्सिलोना क्लब र यसका समर्थकसँग भावपूर्ण बिदा लिएका छन् । मेसी पत्रकार सम्मेलनका माध्यमबाट प्रस्तुत भए र यस क्रममा आफूलाई रोक्न असफल रहे । मेसीले आँसु लुकाउन सकेनन् । उनले भने, ‘बार्सिलोनामा बिताएका समय केही राम्रा रहे, केही नराम्रा । तर बार्सिलोनाका जनताले मलाई गरेको माया उस्तै रह्यो । मलाई विश्वास छ, कुनै दिन फेरि बार्सिलोनामा फर्कने छु र फरक भूमिकामा हुनेछु ।’
उनले पत्रकार सम्मेलनका क्रममा धेरै भन्न खोजेको तर भन्न नसकेको पनि बताए । उनले भने, ‘बार्सिलोना छाड्दै छु । तथ्यमा म अझै पनि विश्वास गर्न सकिरहेको छैन । तर अहिले मेरो जीवन सधैंका लागि फेरिँदैछ र यो तथ्यलाई स्वीकारेर अगाडि बढ्नु नै ठीक हुनेछ ।’ उनले बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा समर्थकमाझ बिदा लिन पाएको भए त्यो निकै सुखद् हुने पनि बताए ।
उनले थपे, ‘मैले २१ वर्ष बार्सिलोनामा बिताएँ, यहीँ मेरा तीन बच्चाको जन्म भयो । हाम्रो लागि बार्सिलोना घर हो । यो सहरले हामीलाई जे जति दियो, त्यसका लागि धन्यवाद दिनै पर्छ । म सबै खेलाडी साथीलाई पनि धन्यवाद दिन चाहन्छु । जसले मलाई साथ दिए, ती सबैप्रति म आभारी छु ।’
मेसीले बार्सिलोनाका लागि डेब्यु गरेको क्षणलाई सबैभन्दा सुखद् मान्दै त्यसपछिका वर्ष आफूले सपना पूरा गर्ने अवसर पाएका पनि बताए । उनी बार्सिलोनाका लागि सबैभन्दा बढी गोल गर्ने, सबैभन्दा बढी खेल खेल्ने, सबैभन्दा बढी उपाधि जित्ने र सबैभन्दा बढी खेल जित्ने खेलाडी हुन् । उनले बार्सिलोनाका लगि ७ सय ७८ खेल खेले र त्यसमा ६ सय ७१ गोल गरे ।
यस्तै, उनले ३ सय ५ गोलमा अवसर पनि सिर्जना गरे । उनकै सहयोगमा बार्सिलोनाले ३५ उपाधि जित्यो । जसमा चार च्याम्पियन्स लिग, १० ला लिगा र तीन क्लब वर्ल्डकप छन् ।
उनले अबको भविष्यलाई लिएर भने केही बोल्न चाहेनन् र सबै प्रकारको सम्भावना बाँकी रहेको पनि माने ।
बार्सिलोनाले मेस्सीसँगै के के गुमाउने छ ?
सबैले देखेको तथ्य हो, यी अर्जेन्टिनी खेलाडी महँगा छन्, उनले थाप्ने तलब धेरै बढी छ । उनी नभएपछि बार्सिलोनाको राम्रै रकम बच्ने छ ।
खासमा यो त एक पक्षीय दृष्टिकोण मात्रै हो । मेस्सीले बार्सिलोनाबाट जे जति थाप्ने त्यसको अझ बढी क्लबले उनको नाम बेचेर खाने गरेको छ । बार्सिलोनाका लागि मेस्सीको योगदान अतुलतीय छ । यस्तोमा प्रश्न स्वाभाविक छ, बार्सिलोनाले मेस्सीसँगै के के गुमाउने छ ?
खेलको दृष्टिकोणबाट
मेस्सीले पछिल्ला १७ सिजन बार्सिलोनाका लागि लगातार खेले । यसबीच उनको प्रदर्शन सबै सिजन उच्च नै रह्यो । त्यसैले त उनी बार्सिलोनाका लागि सबैभन्दा बढी गोल गर्ने, सबै भन्दा बढी खेल खेल्ने, सबै भन्दा बढी उपाधि जित्ने र सबै भन्दा बढी खेल जित्ने खेलाडी हुन् । अब यत्तिको खेलाडी नै बार्सिलोनामा रहने छैन् ।
उनले बार्सिलोनाका लगि ७ सय ७८ खेल खेले र त्यसमा ६ सय ७१ गोल गरे । उनले ३ सय ५ गोलमा अवसर पनि सिर्जना गरे । उनकै सहयोगमा बार्सिलोनाले ३५ उपाधि जित्यो, जसमा चार च्याम्पियन्स लिग, १० ला लिगा र तीन क्लब विश्वकप छन् । उनको स्थान बार्सिलोनामा कसैले लिने सक्ने छ र ? पक्कै छैन् ।
जोन लापोर्टोले पनि मानेका छन्, बार्सिलोनाको कुल आम्दानीको एक तिहाइ मेस्सीकै कारण भित्रिने गरेको छ । मेस्सी भएकै कारण बार्सिलोनाले प्रायोजक र जर्सि विक्रीबाट राम्रै कमाइरहेको थियो । बार्सिलोनाका १० जर्सि विक्री हुन्छ भने त्यसमध्ये आठ त मेस्सीकै नाममा हुने गर्छ । टिकट काटेर खेल्न हेर्न पाउने पनि त मेसीकै कारण रंगशाला पुग्ने गरेका हुन् ।
बार्सिलोनाले प्रत्येक वर्ष ३० करोड युरो मेस्सीकै नाम बेचेर कमाइरहेको थियो । मेस्सीविना बार्सिलोनाको आम्दानी पनि घट्ने छ । अब त यो आम्दानी त मेस्सी विना दोहराएर आउने छैन् । त्यसै पनि बार्सिलोना आर्थिक संकटमा छ, अब मेस्सी विना उसको आम्दानी पनि सुक्ने छ । त्यो भनेको क्लबका लागि अझ गाह्रो स्थिति हो ।
भावनात्मक दृष्टिकोणबाट
मेस्सी राम्रा खेलाडी त थिए नै, उनी व्यक्तिगत रूपमा पनि उत्तिकै भलाद्मी मान्छे हुन् । त्यसैले त उनका धेरै समर्थक भए । मेसीले अनावश्यक रूपमा बढी बोलेको, अनावश्यक काम गरेका कसैलाई थाहा छ र ? छैन् नै । अब उनी जत्तिको खेलाडी नै रहेन भने बार्सिलोनाको समर्थक हुनु र रहनुमा पनि के नै अर्थ रह्यो र ?
–विभिन्न अनलाइन पोर्टलहरुको सहयोगमा