नेपालगन्जको विकासबारे प्रधानमन्त्री देउवासँग छलफल
Monday, August 9th, 2021, 5:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २५ साउन
नेपालगन्जको विकासबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिएकोछ । नेपालगन्ज उप–महानगरपालिकाकी उप–मेयर उमा थापमगरले प्रधानमन्त्री देउवासँग भेटेर नेपालगन्जको विकासका बारेमा छलफल गरेकी हुन् ।
उप–प्रमुख मगरले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेकी छिन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगि उप–प्रमुख मगरले प्रधानमन्त्री देउवालाई भेटघाट गरेकी हुन् ।
भेटघाटमा उप–प्रमुख थापाले अहिलेको राजनीतिक अवस्था र नेपालगन्ज नगरका विभिन्न योजनाका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराइन् । थापाले विशेषगरी नेपालगन्जको रिंगरोड, उप–महानगरपालिकाले संचालन गरेको छात्रा कलेज, भेरी अस्पताललाई मेडिकल कलेजमा स्तरउन्नति, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, हालै बन्दै गरेको नाथम कलेज जाने बाटो कालोपत्रे र नगरका बाँकी रहेका भित्री सडक स्तरउन्नतिलगायतका योजना समेट्नु पर्ने माग देउवासामु राखेकी हुन् ।
उप–मेयर थापाको मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूले पश्चिम नेपालको मुख्य ब्यापारिक केन्द्रको रुपमा चिनिएको बाँके जिल्लाको नेपालगन्जका योजनाको विषयमा आफू गम्भिररुपमा लाग्ने बताए ।