सन्तानेश्वर मन्दिरमा गरियो सरसफाइ
Thursday, August 12th, 2021, 9:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ साउन
नरैनापुर गाउँपालिका-५, वेदिहिवा चुरेपहाडमा अवस्थित सन्तानेश्वर परिषरमा सरसफाइ गरिएको छ । नरैनापुर गाउँपालिकाको सहयोगमा पालिकाको वडा नम्बर ६ मा रहेको नमूना युवा क्लबले सरसफाइ गरेको हो ।
बिहीबार आयोजना गरिएको सरसफाइ कार्यक्रममा कल्बका २५ जना युवायुवतिसहित ४० जनाको सहभागिता रहेको क्लबका उपाध्यक्ष भरतबहादुर थापाले बताए । उपाध्यक्ष थापाका अनुसार सरसफाइमा सहभागीले मन्दिरको प्रवेशद्वारदेखि मन्दिरको परिषरसम्म सरसफाइ गरेका हुन् ।
कार्यक्रमका संयोजक अरुण यादवका अनुसार यसअघि देखिनै सन्तानेश्वर परिषरमा सरसफाइ गरिँदै आइरहेको थियो । अरुण भन्छन्, ॅहामीले यसअघिपनि हप्ता १० दिनमा सरसफाइ गर्दै आइरेका थियो । तर अहिले फोहोर पनि धेरै भएका कारण १२औं अन्तर्राष्ट्रि युवा दिवसका अवसरमा पालिकाको सहयोगमा सरसफाइ गरेका हौं ।’
अरुण मन्दिर परिषरमा पानीका खाली बोदलले धेरै नै परेसानी भएको बताउँछन् । उनका अनुसार यसरी ठूलोमात्रामा मन्दिरको प्रवेशद्वारदेखि मन्दिर परिषरसम्म पहिलोपटक सरसफाइ गरिएको हो ।
अरुणका अनुसार एककृत गरिएका पलाष्टिकजन्य फोहोरलाई जलाइने गरिएको छ भने अन्य फोहोरलाई खाडल बनाएर एककृत गरिने गरिएको छ ।