६० प्रतिशत अनुदानमा खर्च गरिने
Thursday, August 12th, 2021, 9:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ साउन
कृषि ज्ञान केन्द्र बाँकेमार्फत चालु आर्थिक वर्ष २०७८/०७९ मा अनुदानका कार्यक्रम मुख्य प्राथमिकताका साथ सन्चालन गरिने भएको छ । केन्द्रले बिहीबार स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गर्दै अनुदानका कार्यक्रममा धेरै बजेट छुट्टाइएको जानकारी दिएको हो ।
केन्द्रका प्रमुख सागर ढकालले चालु आर्थिक वर्षका लागि कूल ११ करोड ६१ लाख ६९ हजार रुपैयाँ बजेट स्वीकृत भएको जानकारी दिए । त्यसको ६०.६३ प्रतिशत अर्थात् सात करोड चार लाख ४१ हजार रुपैयाँ किसानलाई प्रत्यक्ष अनुदान वितरण गरिने प्रमुख ढकालले बताए । बाँकी चार करोड ५६ लाख २८ हजार सेवा मुलक खर्चअन्तर्गत तालिम, गोष्ठि, भ्रमण, कर्मचारी तलब भत्ता लगायतमा खर्च हुने छ ।
कार्यालयले स्मार्ट कृषि गाउँ कार्यक्रमलाई क्रमागत कार्यक्रममा राखेको छ । सघं शसर्त अनुदान मार्फत ब्लक विकास कार्यक्रमलाई पनि निरन्तरता दिइने, अभियान मखी (मिसन) कृषि तथा पशुपन्छी विकास कार्यक्रम, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रमलाई जोड दिएको छ । जसअन्तर्गत स्मार्ट कृषि गाउँ कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषितर्फको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमलाई निरन्तरता दिइएको केन्द्रले जनाएको छ ।