वर्षा र निर्मलले गरे नेपालगन्जमा मेलान्जको उद्घाटन
Saturday, August 14th, 2021, 7:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० साउन
मेलान्ज मल्टि ब्राण्ड फेसन शोरुमको नेपालगन्जमा छैटौं फ्रेन्चाइज शाखा नेपालगन्जमा सन्चालनमा आएको छ । शाखाको शनिबार नायिका वर्षा रावत र अभिनेता निर्मल शर्मा ‘गैंडा’ले उद्घाटन गरेका छन् ।
नेपालगन्जको सुर्खेतरोडस्थित वेस्टर्न मलको तल्लो तलामा सन्चालनमा आएको मेलान्जमा महिला, पुरुष र बालबालिकाका विभिन्न कम्पनीका ब्राण्डेट रेडिमेट कपडाहरु राखिएको सञ्चालक बम रावलले बताए । मेलान्जको काठमाडौंमा ३ वटा, धनगढी, नेपालगन्ज र इटहरीमा एक एक वटा गरी ६ स्थानमा शाखा सन्चालनमा आएको मेलान्ज स्टोर नेपालका सन्चालक एवं डाइरेक्टर शैलेस लोहनीले जानकारी दिए । उनले ब्राण्डेट र बजेट मैत्री कपडाहरुको लागि मेलान्जको लोकप्रियता बढ्दै गएको समेत बताए ।
कोरोनाका कारण शाखा सन्चालनमा आएको करिब एक वर्षपछि औपचारिक उद्घाटन गरिएको शाखा सन्चालक रावलले बताए । उनले नेपालगन्जका ग्राहकहरुको मेलान्जप्रति आकर्षण बढ्दै गएको पनि बताए । कतिपय जिन्सका आइटमहरु खरिद गर्न भारतबाट समेत ग्राहकहरु आउने गरेको उनले बताए ।
कोरोनाका कारण ठप्पजस्तै बनेको वेस्टर्न मलमा पछिल्लो समय विभिन्न ब्राण्डका आउटलेटहरु सन्चालनमा आउने क्रम सुरु भएको वेस्टर्न बिजनेस ग्रुपका अध्यक्ष सञ्जय थापाले बताए । विशेषगरी मनोरञ्जनका साधन, इन्डोर गेमिङ जोन, अन्तर्राष्ट्रिय स्तरको सैलुन, सौना तथा स्पा, फुड कोर्टलगायत साना र ठूला गरी ६० वटाभन्दा बढी आउटलेटहरु सञ्चालनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए ।