तरुण दलको कार्यक्रममा ७७ जनाले गरे रक्तदान
Saturday, August 14th, 2021, 7:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० साउन
राप्ती सोनारी गाउँपालिका–३ मा नेपाल तरुण दल राप्ती सोनारी वडा नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । तरुण दलले शनिबार आयोजना गरेको कार्यक्रता भेटघाट तथा परिचयात्मक कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल तरुण दल बाँके जिल्ला अध्यक्ष वीरेन्द्र शाहको प्रमुख आतिथ्यता रहेको थियो । साथै विशिष्ट अतिथिमा नेपाल कांग्रेस बाँकेका उप–सभापति फूलराम थारु, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, नेपाली कांग्रेस जिल्ला सचिव तप्त पौडेल, नेपाली कांग्रेस जिल्ला सदस्य एवम् पालिका अध्यक्ष लाहुराम थारुलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा विभिन्न पाटी परित्याग गरी आएका व्यक्तिहरुले पनि दलमा प्रवेश गरेका छन् । कार्यक्रममा अन्य पाटी त्याग गरी आएका ७५ जनाले प्रवेश गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि एवम् अतिथिहरुले पाटीलाई बलियो र पाटीलाई अगाडि बढाउन युवाहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनीहरुले पुरान एवम् नयाँ आएका सबै युवाहरुलाई पाटीले सामाजिक भूमिका, पाटीप्रतिको इमान्दारीता र जनताका हितमा काम गर्न सदैव प्रेरित गरिरहेने बताए ।