प्रदेशको विकास बारे केसीले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
Sunday, August 15th, 2021, 3:05 pm
Kalpristha
काठमाडौं, ३१ साउन
नेपाल पत्रकार सहासंघ लुम्बिनी प्रदेश सचिव जयसिंह केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग लुम्बिनी प्रदेशको विकास र पत्रकारहरुको हकहितका बारेमा छलफल गरेका छन । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्दै केसीले कोभिडको उच्च जोखिममा रहेको बाँके लगायतका जिल्लाका बारेमा विशेष स्वास्थ्य योजना ल्याउनका लागि अपिल गरेका छन । उनले प्रधानमन्त्री देउवासँग भेट्का क्रममा व्यावसायिक पत्रकारिता र लुम्बिनी प्रदेशको विकास बारेमा विभिन्न विषयमा ध्यानाकर्षण गराएको बताए ।
कोभिड–१९ ले देशमा निराश छाइरहेका बेला प्रधानमन्त्री देउवाले पदभार सम्हाले पछि जनतामा नयाँ उत्साहको संचार गराएको भन्दै केसीले कोरोनाको हटस्पट बनेको बाँकेमा अझै कोभिडको संक्रमणको उच्च जोखिमा रहेको सचिव केसीले बताए ।
उनले प्रधानमन्त्री देउवालाई कोभिडको भ्याक्सिन जति सक्दो सम्पुर्ण नागरिक, विशेषगरी, दिर्घरोगी, अपाङ, बृद्ध–वृद्धालाई घरमै कोरोना खोप उपलब्ध गराउने कार्यलाई तिव्रता दिनु अनुरोध गरेको बताए । सचिव केसीले केपी शर्मा ओली नेतृत्वको सरकारले लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशमा नियुक्त गरेको सदस्य सचिव लगायत विभिन्न जिल्ला अध्यक्ष र पदाधिकारीलाई प्रदेशको क्याबिनेट बैठकबाट नियुक्त गर्नु पर्ने प्रावधान हुँदा हुदै विधि र विधान विपरित नियुक्त गरेको सबै नियुक्तलाई तत्काल खारेज गर्न माग गरेका छन ।
बाँकेको विकासमा महत्वपुर्ण भुमिका खेल्ने रिङरोडको निर्माण कार्यलाई तिव्रता दिन, बाँकेको उद्योग क्षेत्रमा प्रभाव पार्ने कोहलपुर– नेपालगन्ज विद्युत प्रसारण लाइनलाई जतिसक्दो छिटो सुरुआत गर्न र कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गर्नको लागि प्रधानमन्त्रीसँग अपिल गरेको सचिव केसीले बताएका छन ।