नेपालगन्जमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाइने
Sunday, August 15th, 2021, 5:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ साउन
नेपालगन्ज उप-महानगरपालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने भएको छ ।
गत आर्र्थिक वर्ष आव २०७७/७८ को जन स्वास्थ्य क्रियाकलापहरुको पालिकास्तरीय वार्षिक समीक्षापछि प्राप्त सुझावहरुका आधारमा नगरभित्रका सम्पूणर् स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी बनाइने नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।
दिगो विकासको लक्ष्य पुरा गर्नका लागि सबैभन्दा पछाडी परेका क्षेत्र प्राथमिकतामा दिइने भन्दै उनले स्वास्थ्य सेवा चुस्त, दुरुस्तसँगै तत्काल उपलब्ध गराउनेतर्फ ध्यान दिइने बताइन् ।
स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले चालु आवमा राम्रो काम गर्ने स्वास्थ्य संस्थालाई पुरस्कृत गरिने नीति लिन लागिएको बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले नेपालगन्जले प्राप्त गर्ने सफलता र असफलतामा सिंगो जिल्ला जोडिने भन्दै सबै अभियान र कार्यक्रम प्रभावकारी बनाउन सुझाव दिए ।
मंगलबारसम्म चल्ने तालिममा वडा अध्यक्ष, कार्यपालिका सदस्य स्वास्थ्य संस्थाका इन्चार्जलगायतको सहभागिता रहेको छ ।