बीउ उत्पादक कृषकलाई ४२ हजार
Tuesday, August 17th, 2021, 6:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्ती सोनारी, १ भदौ
कृषि ज्ञान केन्द्र बाँकेले धान उत्पादन कृषकलाई ४२ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ । उत्पदान प्रवद्र्धनमा आधारित कृषक सहयोग कार्यक्रममा केन्द्रले राप्ती सोनारी गाउँपालिकाका कृषकहरुलाई सहयोग स्वरुप रकम प्रदान गरेको हो ।
साकार कृषि सहकारी संस्था लिमिटेडले राप्ती सोनारी गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा ४६ जना कृषकलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा धानको बीउ उत्पादन गर्ने कृषकहरुलाई सहयोग गरिएको थियो । केन्द्रका अनुसार कृषकलाई बीउ उत्पादनमा प्रोत्साहन गर्न सम्मान एवम् नगद प्रदान गरिएको हो ।
कार्यक्रममा केन्द्रका प्रमुख सागर ढकाल, मकै जोनका प्रमुख कपिल अहमद, राप्ती सोनारी गाउँपालिका प्रशासकिय प्रमुख लोकबहादुर शाहीलगायतले कृषकहरुलाई सम्मान गरेको हुन् । कार्यक्रममा कृषकहरुलाई नगद चार हजारदेखि ४२ हजार रुपैयाँसम्म प्रदान गरिएको थियो ।
पालिका प्रमुख शाहीका अनुसार धेरै बीउ उत्पादन गर्ने किसानलाई धेरै रकम र कम बीउ उत्पादन गर्ने किसानलाई कम रकम प्रदान गरिएको छ । कार्यक्रममा तीनजना किसानले धेरै बीउ उत्पादनको सम्मान पाएका छन् ।