बाँकेका पौने एघार सयले पाए अंगीकृत नागरिकता
Wednesday, August 18th, 2021, 2:59 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, २ भदौ
बाँकेमा गत आर्थिक वर्ष २०७७-७८ मा एक हजार ७३ जनाले अंगीकृत नागरिकता पाएका छन् । तीमध्ये दूई जनाबाहेक सबैले वैवाहिक अंगीकृत नागरिकता पाएका हुन् । जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको वार्षिक बुलेटिनमा उल्लेख भएअअनुसार एक हजार ७१ जनाले वैवाहिक अंगीकृत नागरिता प्राप्त गरेका छन् ।
गतवर्ष कूल आठ हजार एक सय पाँच जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् । नयाँ नागरिकता प्राप्त गर्नेमा १३ प्रतिशत अंगीकृत नागरिकता प्राप्त गर्नेहरु छन् । बाँकी ८७ प्रतिशत अर्थात् सात हजार ३२ जनाले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन् ।
नेपाल नागरिकता ऐन २०६३ ले नेपाली नागरिकस“ग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारी समक्ष तोकिएको ढा“चामा निवेदन दिनु पर्ने व्यवस्था गरेको छ । साथै, विदेशी नागरिकस“ग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोरा छोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिए बमोजिम अङ्गीकृत नागरिकता प्रदान गर्न सकिने पनि व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा पाँच हजार ३ सय १५ जनालाई नारिकताका प्रतिलिपि वितरण गरेको छ भने दुई हजार सात सय ८० राहदानी सिफारिस गरेको छ । साथै राष्ट्रिय परिचय पत्रका लागि ६ हजार ३७ फारम संकलन पनि गरिएको छ ।
कार्यालयमा गतवर्ष ६ सय ६इ वटा ठाडो उजुरीहरु दर्ता भएका छन् भने पाँच सय ८८ वटा अभद्र व्यवहारसम्बन्धि मुद्धा दर्ता भएका छन् । अभद्र व्यवहार सम्बन्धीका चार सय ४३ वटा मुद्धा फच्छ्यौट भएका छन् ।
यसैगरी कार्यालयबाट दुई सय सात पटक बजार अनुगमन गरेको छ भने ३५ पटक सुरक्षा समितिको बैठक गरेको जानकारी दिएको छ ।
माक्स नलगाउने चौध सय जनालाई जरिवाना
बाँके प्रशासनले गतवर्ष कोभिड-१९ महामारी नियन्त्रणका मापदण्डविपरित गतिविधि गर्ने एक हजार सात सय ५७ जनालाई कारबाही गरेको पाइएको छ । उनीहरुबाट कार्यालयले दुई लाख २० हजार चार सय रुपैयाँ जरिवाना पनि असुल गरेको छ ।
कारबाहीमा पर्नेमध्ये माक्स नलगाएका एक हजार चार सय १ जना छन् । उनीहरुबाट एक लाख ४० हजार पाँच सय र निषेधाज्ञा उल्लंघन गरी सवारी चलाएका तीन सय ५६ जनाबाट ६९ हजार नौ सय रपैयाँ जरिवाना असुल गरिएको छ । कार्यालयले १० हजार दुई सय ५५ पिस माक्स पनि वितरण गरेको जनाएको छ । गत वर्ष जिल्ला प्रहरी कार्यालय बाँकेले पनि काक्स प्रयोग नगर्नेहरुबाट तीन लाख १५ हजार जरिवाना असुल गरेको थियो ।
यसबाहेक कार्यालयले विभिन्न सेवा शुल्कस्वरुप एक करोड ३९ लाख ३९ हजार तीन सय १५ रुपैयाँ र धराटीबाफत पाँच लाख १३ हजार ६ सय ६६ रुपैयाँ गरी एक करोड ४४ लाख ५२ हजार नौ सय ८१ रुपैयाँ राजस्व पनि संकलन गरेको छ ।