नेपालगन्जमा झाँकीसहितको गाईजात्रा र्याली (फोटोफिचर)
Monday, August 23rd, 2021, 1:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ भदौ
नेपालगन्जमा सोमबार हस्रोउल्लासका साथ गाईजात्रा पर्वका अवसरमा झाँकीसहितको र्याली सम्पन्न भएको छ । ‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौँ’ भन्ने नाराका साथ गाईजात्रा मनाईएको हो ।
र्याली
नेपाः पुचः बाँके, नेवा : देयः दबू बाँकेले अयोजना गरेको उक्त गाईजात्रा कार्यक्रममा सयौं संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो । गाईजात्रामा विभिन्न नेवारी भेषभुसा, विभिन्न भगवानको स्वरुप, झाँकीलगायत मौलिक नाच पनि पदर्शन गरिएको थियो ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई सिँगारेर, हातमा तस्बिर लिएर निकालिएको झाँकी नेपालगञ्जको धम्बोझी चोकबाट सुरु भई सेतुविक चोक, त्रिवेणी मोड हँुदै बागेश्वरी मन्दिर परिसर पुगेर समापन गरिएको थियोे ।
झाँकीमा झिगु नेवा खल गुठी नेपालगन्ज, भृकुटी झिगु नेवा खल गुठी भृकुटीनगर, भिमसेन गुठी कोहलपुर-घरवारीटोल नेवा गुठी, नेवा गुठी राँझा एयरपोर्ट, नेवा मिसा पुनः बाँके आदर्शनगर, नेवा मिसा पुचः बाँके गगनगन्ज, नेवा मिसा देय् दबू बाँके, नेवा देय दबूल नगर समिति बाँकेलगायतले सहयोग तथा सहभागीता जनाएका थिए ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।
र्याली
पुजा गरिँदै
र्याली
दिवंगत आफन्तको फोटो लिएर र्यालीमा सहभागी
र्याली