नेपालगन्जमा खुल्यो ‘जावा’को शोरुम
Monday, August 23rd, 2021, 8:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ भदौ
विश्वप्रसिद्ध जावा कम्पनीका मोटरसाइकल अब नेपालगन्जमै उपलब्ध हुने भएका छन् । नेपालगन्जमा अग्नि मोटोइंक प्रालिले जावा मोटरसाइकलको बिक्री समेत सुरु गरेको हो । सोमबार अग्नी मोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्र र गायक सुशान्त केसीले भुजाई गाउँ चोकमा मोटरसाइकल शोरुमको उद्घाटन गरेका छन् ।

उद्घाटन गरिँदै
अग्नि मोटोइंक नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी रहेको छ । अग्निी मोटोइंक प्रालिका महाप्रबन्धक मिश्रले जावा मोटरसाइकल दैनिक सवारी प्रयोगका साथसाथै लामोदुरीको यात्रामा भरपर्दो रहेको जानकारी दिए ।
नेपालगन्जमा आउटलेटको उद्घाटनसँगै, अग्नि मोटोइंकले नेपालगन्जमा जावाप्रेमीहरूको लागि शुलभ पहुँच प्रदान गर्ने जनाएको छ । महाप्रबन्धक मिश्रले भने ‘अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पुर्याउने उद्देश्य राखेर सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको हो ।’
कम्पनीका अनुसार मोटरसाईकलप्रेमीहरूले अब जावा, जावा फोर्टी-टु र फ्याक्ट्री-निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाईकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगन्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि सुविधा प्राप्त गर्न सक्नेछन् । जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकप्रिय भइसकेको छ र मोटरसाईकल प्रेमीहरूका बीच एक राम्रो विकल्प बन्न पुगेको छ ।
जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजर पाँच सय रुपैयाँ तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसैगरि कम्पनीले जावा फोर्टी टु भेरियन्ट पनि बजारमा ल्याएको छ । जावा-फोर्टी टु सिंगल च्यानल एबीएस र जावा-फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमसः ६ लाख २० हजार र ६ लाख ४८ हजार रुपैयाँ रहेको छ । नेपालमा जावा ब्ल्याक, मरुन र ग्रे गरि तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन् । यसैगरी जावा फोर्टी टुल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु गरि ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ ।