दश बुँदे सहमति कार्यान्वयन गर्ने एमालेको निर्णय
Tuesday, August 24th, 2021, 6:45 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, ८ भदौ
पूर्वप्रधानमन्त्री मावधकुमार नेपाल छोडेका दश स्थायी कमिटी नेताहरुसहित बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
बैठकको निणर्यअनुसार एमाले पार्टी संरचना अब २०७५ जेठ २ अगाडिको अवस्थामा क्रियाशील हुने सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूणर्ता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ ।
कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् । १०-१२ मंसिरमा दशौं महाधिवेशन र ४-६ असोजमा विधान महाधिवेशन गर्ने निणर्य भएको छ । बैठकले एमालेको पार्टी सदस्यता २०७५ जेठ २ अगाडिको आधारबाट अगाडि बढाइने भएको छ । सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको ज्ञवालीले बताए ।
बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।