नरेश स्ट्याग इन्टरनेशनलको प्रशिक्षकमा नियुक्त
Wednesday, August 25th, 2021, 6:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ भदौं
टेबल टेनिसका पुर्व अन्तराष्ट्रिय खेलाडी नरेश रावललाई विश्वव्यापी रुपमा खेल सामाग्री उत्पादन गरिरहेको कम्पनी स्ट्याग इन्टरनेशनलले आफनो आधिकारिक प्रशिक्षकमा नियुक्त गरेको छ ।
नेपालगन्जका रावललाई कम्पनीले ३ वर्षको लागि प्रशिक्षकमा नियुक्त गरेको हो । आइटिटिएफ लेभल–२ प्रशिक्षक तथा अन्तराष्ट्रिय अम्पायर समेत रहेका रावलसँग कम्पनीले ३० अगस्ट सन् २०२४ सम्मको लागि गरेको छ ।
स्ट्याग इन्टरनेशनलका सह– अध्यक्ष विवेक कोहलीले रावलसँग सम्झौता गरेको छन् । आगामी दिनमा स्ट्याग इन्टरनेशनले प्रशिक्षक रावललाई स्टैग परिधान र उपकरणसंग पनि प्रायोजक गर्दै जाने बताइएको छ । स्ट्याग इन्टरनेशनल ९४ वर्ष पुरानो कम्पनी हो । जसले विश्व भरका २ सय २ देशहरुमा बहु खेल ब्रान्डको विश्व पं्रख्यात छ ।
सम्झौता पछि रावलले बिभिन्न प्लेटफर्महरुमा स्ट्याग इन्टरनेशनल ब्रान्डको प्रचार गर्नेछन ।
आफनो प्रशिक्षक करियरमा सम्झौता एउटा महत्वपुर्ण उपलब्ध भएको प्रशिक्षक रावलले बताए ।
उनले भने, ‘यति ठूलो अन्तराष्ट्रिय ब्रान्डको एक आधिकारिक टेबुल टेनिस प्रशिक्षकको रूपमा नियुक्त हुनु मेरो लागि एउटा ठूलो सम्मानको विषय हो । मलाई प्रतिष्ठित पदबाट सम्मानित गरेकोमा स्ट्याग इन्टरनेशनका सह–अध्यक्ष विवेक कोहली र सहयोगका लागि अखिल नेपाल टेबुल टेनिस संघलाई धन्यवाद दिन चाहन्छु ।’