वर्षापछि राप्तीसोनारीका तीनवटा बस्तीमा डुबान र कटान
Friday, August 27th, 2021, 8:21 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ भदौ
बिहीबार रातीको वर्षातले बाँकेका केही वस्तीहरु डुबानमा परेका छन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ४, ५ र ७ का केही घरहरुमा बाढी पसेको छ । राप्तीसोनारी-५ को चिलरिया गाउँको बिच हुँदै बग्ने चाचरफर्का नालाले दुबैतर्फ कटान गरेको छ । नालाले कटान गर्न थालेपपछि स्थानीयहरुमा चिन्ता छाएको छ ।
ईलाका प्रहरी कार्यालय बैजापुरका अनुसार चिलरिया नालाले एकापट्टि १० मिटर र अर्कोपट्टि १५ मिटर बाँध कटान गरेको छ । केही घरहरुमा पानी पसेको छ । उक्त स्थानमा प्रहरी पुगेर आवश्य सावधानी अपनाइसकेको छ । वडाध्यक्ष झगरु थारुले अन्य बस्तीमा पनि डुबान भएको खबर आएको र जायजा लिने काम भइरहेको बताए ।
यसैगरी राप्तीसोनारीको वडा नम्बर ४ को देउपुरामा पनि राप्ती र जंगलबाट आएका खहरे खोलाको पानीले बस्ती र खेतमा डुबान सृजना भएको वडाध्यक्ष कान्छा थारुले जानकारी दिए । त्यहाँ करिब आधा दर्जन घरमा पानी पसेको उनले बताए ।
राप्तीसोनारीकै वडा नम्बर ७ नन्कउपुरमा पनि करिब १५ घरमा पानी पसेको छ । प्रहरी चौकी फत्तेपुरका प्रहरी हवल्दार कमल बहादुर मगरले आफूहरु प्रभावित स्थलमा पुगिसकेको र आवश्यक सावधानी अपनाइएको बताए ।
कुसुमस्थित जलमापन केन्द्रका गेजरिडर भद्रबहादुर थापाका अनुसार अहिले राप्ती नदीमा पानीको जलस्तर ४ दशमलव १ मिटर पुगेको छ । हिजो साँझसम्म पानीको सतह २ दशमलव ८५ मिटर आसपास थियो । कुसुममा ५.४ मिटर सतह पुगेमा सतराको संकेत मानिन्छ । कुसुम क्षेत्रमा गएराती १०२ दशमलव १ मिलिमिटर पानी परेको थापाले जानकारी दिए ।
यता नेपालगन्जका केही स्थानमा पनि डुबान सृजना भएको छ । वडा नम्बर १२ बेलासपुरका केही घरमा पानी पसेको छ भने सकडमा पनि पानी जमेको छ । न्युरोडको सेतु विक चोकमा पनि सडकमा पानी जमेको छ ।
राष्ट्रिय विपद जोखि न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने संभावना रहेको जनाएको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागको भनाइ छ । विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कणर्ालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने बताएको छ ।
सुदूरपश्चिम तथा कणर्ालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने बताएको छ ।