प्रहरीलाई मानव बेचबिखनविरुद्ध तालिम
Saturday, August 28th, 2021, 12:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ भदौ
बाँकेका सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुलाई मानव बेचबिखनविरुद्धको तालिम दिइएको छ । साथी संस्था र प्लान इन्टरनेश्नलद्धारा सन्चालित प्रोटेक्ट प्रोजेक्ट अन्तर्गत प्रहरीहरुलाई तालिम दिइएको हो ।

तालिम दिइँदै
उनीहरुलाई मानव बेचबिखनको जोखिममा रहेका समुदायको पहचान, दलाल र उनीहरुको सन्जालबारे सतर्कता, पीडतिमैत्री सुरक्षा सेवा प्रवाह, सीमा क्षेत्रमा बेचबिखनको जोखिम न्यूनिकरणका विषयमा अभिमूखिकरण गरिएको छ । नेपालगन्ज उप-महानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले सहजीकरण गरेको तालिममा डेढ दर्जन बढी सुरक्षाकर्मीहरुको सहभागिता रहेको साथी संस्थाका लक्ष्मी घलेले जानकारी दिइन् ।
साथी संस्थाले प्लान इन्टरनेश्नलसँगको सहकार्यमा सन्चालन गरिरहेको परियोजना अन्तर्गत विभिन्न जोखिम क्षेत्रमा रहेर काम गर्ने सरोकारलाई बेचबिखनविरुद्ध अभिमुखिकरण गर्दै आएको घलेले जानकारी दिइन् । यसअघि रिक्सा चालकहरुलाई पनि उक्त तालिम दिइएको छ ।
बाँके लुम्बिनी, कणर्ाली र सुदरपश्चिमका साथै भारतसँग जोडिएकोे देशकै मख्य नाका भएकोले यहाँ फन्टलाइनमा खटिएर काम गर्ने सुरक्षाकर्मीहरुलाई तालिम दिइएको संस्थाले जनाएको छ ।