‘कांग्रेसलाई एक ढिक्का बनाउनु पर्छ’
Saturday, August 28th, 2021, 7:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ भदौ
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि तल्लो तहमा रहेका समितिले सभा तथा अधिवेशन सुरु गरेका छन् । यसैबीच नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ गाउँ कार्यसमिति कुसुमले आफ्नो चौथो गाउँ सभा पनि गरेको हो ।
सभामा उपस्थित सहभागीले कांग्रेसलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले व्यक्तिगत स्वार्थलाई त्यागेर पाटी र देशका लागि नेपाली कांग्रेस एकजुट भएर अघि बढ्नु पर्ने बताए । सभामा बोल्ने वक्ताले कांग्रेसलाई एक ढिक्का बनाउन गुटगत राजनीति त्याग्नुपर्ने सुझाव दिएका हुन् ।
गाउँ कार्यसमितिका सभापति टीकाराम बस्नेतको सभापतिमा भएको सभामा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय यातायात विभाग सदस्य यमबहादुर खड्का, कांग्रेस बाँकेका जिल्ला सदस्य तथा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारू, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, कांग्रेस क्षेत्रीय सदस्य हेमकुमार डाँगी र दीपक डाँगी, नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष अर्जुन ओली, कांग्रेस नेता कृष्णप्रसाद पौडेल, तेजबहादुर सुवेदी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, नेपाल शिक्षक संघ बाकेका पूर्वजिल्ला अध्यक्ष रुद्रबहादुर ओली, कृयाशिल सदस्यहरु भरत खड्का, चिरञ्जीवी केसी, कांग्रेस नेतृहरु चन्दा लामा, टीका बुढाथोकीलगायतले बोलेका थिए ।
त्यसैगरी राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा पनि आसन्न १४औं महाधिवेशनका लागि तल्लो तहमा रहेका समितिले सभा तथा अधिवेशन सुरु गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर २ का सभापति भीमबहादुर रानाको सभापतित्वमा, जिल्ला सदस्य पवन शाह, वडा सचिव तुलाराम खत्री, क्षेत्रीय सचिव डिल्ली गिरीलगायतको उपस्थिति रहेको थियो ।