दुर्घटना कम गर्न सडक सुरक्षामा कडाई गर्नु पर्छः भट्टराई
Tuesday, August 31st, 2021, 8:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ भाद्र
सडक सुरक्षा र अब्यवस्थित सडक संरचनाका कारण नेपालमा सडक दुर्घटनाको संख्या बढदै गएको नेपाल अटोमोबिल्स एशोसियसन(नासा)का प्रमुख सल्लाहाकार गोबिन्द भट्टराईले बताएका छन ।
विश्वमा अकालमा मृत्यु हुने कारणमा सडक दुर्घटना आठौं नम्बरमा पर्छ । तर नेपालमा भने अकालमा मृत्यु हुनेमा सडक दुर्घटना पहिलो नम्बरमा पर्छ । सडक संरचना, सडक सुरक्षा, मानवीय व्यवहार लगायतका कारणले नेपालमा हरेक वर्ष सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढदै गएको पुष्टि गर्छ ।
ट्राफिक प्रहरीको तथ्याङ नेपालमा हरेक वर्ष करिब ३ हजारको सडक दुर्घटनामा परेर मृत्यु हुने गरेको छ । हरेक महिना नेपालमा करिब ३ सय जतिको मृत्यु हुने गरेको छ । लकडाउनको समयमा पनि नेपालमा १ हजार ७ सयको सडक दुर्घटनामा मृत्यु भएको प्रमुख सल्लाहाकार गोबिन्द भट्टराईले बताए । भट्टराईका अनुसार हरेक दिन विश्वमा दैनिक ३ हजार ६ सय ९८ मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । अझ युद्धग्रस्त देश र अन्य केहि देशको तथ्याङ सहि तरिकाले आउने गरेको छैन । विश्वमा दैनिक ५ सय बालबालिकाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्याङ रहेको भट्टराईले बताए । दुर्घटना हुनेको मुख्य कारणमा कमजोर सडक पुर्वाधार, ट्राफिक व्यवस्थापना जस्ता कुरा मुख्य रुपमा देखिएको उनले नेपालगन्जमा पत्रकारसँग कुराकानी गर्ने क्रममा बताए । सार्वजनिक यातायात सेवा प्रणाली, सुरक्षा मापदण्ड लागु गर्नमा कडाई गरे सडक दुर्घटना कम गर्न सकिने उनले बताए ।
उनले भने,‘सडक सुरक्षा मापदण्डको पालनामा हामी धेरै लापरबाही गछौं । धेरै जसो मोटरसाइकल दुर्घटनामा मृत्यु हुँदा कमजोर हेलमेट पनि कारणको रुपमा रहेको छ । नेपालमा कस्तो हेलमेट लगाउनु पर्छ भन्ने मापदण्ड नै छैन । लामो दुरी सवारी चालकले दिनमा २ सय ५० किलोमिटर भन्दा धेरै गाडी चलाउन हुदैन । तर नेपालमा ५ सय किलोमिटर भन्दा धेरै दुरी एउटा चालकले एकै दिन चलाउने गरेको छ । यसले पनि दुर्घटनालाई बढाइरहेको छ ।’