खेलकुदमा गलत नियतले नियुक्ती गरिएको छः पुर्व सदस्य मैनाली
Tuesday, August 31st, 2021, 9:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, भाद्र १५
राष्ट्रिय खेलकुद परिषद(राखेप)का पुर्व सदस्य बिनोद मैनालीले केपी ओली सरकारले जाँदा जाँदै गलत मनसायले खेलकुद क्षेत्रमा विभिन्न पदमा नियुक्त गरेको आरोप लगाएका छन । गलत मनासयले रातारात गरेका नियुक्तहरु स्वत खारेज हुुनु पर्ने मैनालीले मंगलबार पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा बताए ।
उनले भने, ‘सरकार परिवर्तन भएपछि त्यतिबेला राजनितिक नियुक्त लिएका नेताले स्वत पदबाट राजिनामा दिनु पर्ने हो । हामीले उहाँहरुलाई राजिनामा दिनु भन्दैनौं । तर नैतिकताको आधारमा राजिनामा दिनु पर्ने हो ।’
केपी सरकारको बेला नियुक्ती लिएकाले राजिनामा दिनु पर्ने बेला प्रक्रिया नै मिचेर अन्य नियुक्ती गर्नु गलत काम हो ।
केपीको कार्यकालमा लुम्बिनी प्रदेशले संसद बैठक बस्न नसकेको अवस्थामा अवैधानिक बाटोबाट प्रदेश खेलकुद सदस्य सचिव लगायतका पदाधिकारीलाई नियुक्त गरेको थियो । त्यसपछि प्रदेश खेलकुदले जिल्ला खेलकुद समिति गठन गर्दै गएको छ ।
राखेप पुर्व सदस्य मैनालीले वर्तमान राखेप नेतृत्वले सहि ढंगले काम गर्न नसकेको समेत बताएका छन । उनले भने,‘नेतृत्वमा रहेका मानिसबाट आम खेलकर्मीले जुन ढंगको अपेक्षा गरेको थिए त्यो पुरा हुन सकेन । कोभिडले प्रभावित भएका बेला राखेपले खेलाडी र खेलकुदका लागि थुप्रै काम गर्न सक्थ्यो । पुर्वाधार निमार्ण, अध्ययन, अनुसन्धानका कामहरु धेरै गर्नु पर्ने थिए । तर ति केहि भएनन । खेलकुदको करिब आधा बजेट फ्रिज भएर गयो ।’
राखेपका सदस्य गोबिन्द भंट्टराईले पनि राखेप नेतृत्व नहुँदा खेलकुदको विकासमा असर गरेको बताए । उनले भने,‘दुइ वर्ष भयो राखेपको बोर्ड बैठक नै भएको छैन । अस्थिरता र तर्दथवादमा चलेको छ खेलकुद । खेलकुदमा आएको बजेट फ्रिज भएर गएको छ । त्यसको कुनै समिक्षा हुँदैन । यसमा नेतृत्वको मात्र गल्ती छैन । केहि अंश हामी पनि भागीदार छौं । हामीले खेलकदमा काम गर्ने स्वर्णीम युग गुमायो ।’
नेतृत्वको कार्यशैलीका कारण आफुले राजिनामा दिने मनसाय बनाएको समेत सदस्य