भारतीय हस्तक्षेपविरुद्ध नेपालगन्जमा विरोध प्रदर्शन
Friday, September 3rd, 2021, 9:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ भाद्र
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु बाँकेद्वारा भारतीय हस्तक्षेपविरुद्ध नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार साझँ नेपालगन्जको वीपी चोकमा युवा संघ नेपाल र अनेरास्ववियु बाँकेका नेता तथा कार्यकर्ताले भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका हुन् ।
भारतले नेपालमाथि विभिन्न समयमा गर्दै आएको हस्तक्षेप, दार्चुलाको जयसिंह धामीको विषयमा समेत भारतले आफ्नो हेपाह प्रवृत्तिको पुनः देखाएको भन्दै विरोध प्रदर्शन गर्न बाध्य भएको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले पत्रकारसँग कुरा गर्दै बताए । अध्यक्ष थापाले भारतले देखाउँदै आएको दोहोरो चरित्रको ब्याख्या गर्दै रोटिबेटीको सम्बन्धको कुरा गर्दै नेपाललाई हेपाहा प्रवृत्ति दोहोर्याउदै आएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु बाँकेका अध्यक्ष तथा अखिल फोर्स लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र मल्लले भारतीय हस्तक्षेप नेपाली जनतालाई सह्य नहुने बताएका छन् । नेपालको सिमानका रक्षाका लागि युवा संघ र अनेरास्ववियु सेनाको रुपमा खडा हुने जिकिर गर्दै भारतीय हस्तक्षेप हाम्रो लाही सह्य नहुने बताएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेका उपसचिव अब्दुल हुसेन खा, अनेरास्ववियु बाँकेका उपाध्यक्ष खगराज रोकाया, अनेरास्ववियु बाँकेका सचिव इन्द्र बस्नेत, युवा संघ नेपाल खजुराका अध्यक्ष बिकास काउचा मगर, युवा संघ बैजनाथ अध्यक्ष प्रेम बिष्ट,उपाध्यक्ष दिपक कार्की , युवा संघ नेपाल बाँकेका जिल्ला कमिटी सदस्य खगेन्द्र तिरुवा लगायत युवा तथा विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।