सुजुकीले ल्यायो ‘दसैं आयो उमंग छायो’ बम्पर उपहार
Monday, September 6th, 2021, 6:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ भाद्र
विश्व प्रख्यात ब्रान्ड सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि बाँके–बर्दियाको आधिकारिक बिक्रेता नेपाल ट्रेड च्यानल प्रालिले दशैं– तिहार लक्षित बम्पर उपहार योजना ल्याएको छ ।
नेपाल ट्रेड च्यानल प्रालिका अनुसार ‘दसैं आयो उमंग छायो, क्यास ब्याकका साथै बम्पर पायो’ उपहार योजना अनुसार सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० हजार रुपैयाँ ग्राहले छुट पाउनेछन ।
यसका साथै हरेक साता बम्पर पुरस्कारका रूपमा मोटरसाइकल पनि राखिएको छ । उपहार योजनामा एक वर्षका लागि सवारी कर, फाइनान्स र एक्सचेञ्जको सुविधा रहेको कम्पनीले बताएको छ । नेपाल ट्रेड च्यानल प्रालिका प्रबन्धक रुद्र बुढाले नयाँ उपहार योजनाले ग्राहकलाई थप आर्कषित गर्ने बताए । नेपालको पश्चिम क्षेत्रमा विगत २० वर्ष देखी काम गर्दै आएको नेपाल ट्रेड च्यानल प्रालि अहिले नयाँ व्यवस्थापनका साथ काम गरिरहेको छ । अटोमोबाइल्स क्षेत्रमा प्रख्यात कम्पनी हो नेपाल टे्रड च्यानल प्रालि ।
हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्ट्रुडेर बाइक पुरस्कार दिने कम्पनीले जनाएको छ । विश्व प्रसिद्ध जापानिज ब्राण्ड सुजुकीले नेपालको बजार सुहाउँदो मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आइरहेको छ ।