आदर्शले ७० प्रतिशत अंक ल्याउनेलाई निःशूल्क पढाउने
Monday, September 6th, 2021, 9:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ भाद्र
नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालयले प्रथम र दोस्रो त्रैमासिक परीक्षामा ७० प्रतिशत अंक ल्याउने विद्यार्थीलाई निःशुल्क अध्यापन गराउन भएको छ । साथै ६० प्रतिशत अंक ल्याउने विद्यार्थीले ५० प्रतिशतमात्र शूल्क तिर्नुपर्ने विद्यालयले जनाएको छ ।
विगत १० वर्षभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयले सोमबार आयोजना गरेको ओरियन्टेशन कार्यक्रममा से जानकारी दिएको हो । कार्यक्रममा आयोजना गरेर कक्षा ११ विद्यार्थीलाई विद्यालयका नियमका बारेमा जानकारी गराएको थियो ।
विद्यालयले कार्यक्रममा कक्षा ११ पास नभएसम्म कक्षा १२ को फर्म भर्न नपाइने जनाएको छ । त्यस्तै विद्यालयमा विद्यार्थीले बाइक र मोबाइल ल्याउन नपाउने, विद्यालयको भौतिक संरचना बिगार्ने जस्ता क्रियाकलाप गर्न नपाइने विद्यालयका प्रमुख निर्देशक ईश्वरप्रसाद पोखरेलले बताएका छन् ।

कार्यक्रममा उपस्थित विद्यार्थी
एक सय ८० भन्दा बढी विधार्थीको सहभागिता रहेको कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष्य संजय थापा, विद्यालयका प्रमुख सल्लाहकार प्रकाश लामिछानेलगायतको उपस्थिति रहेको थियो ।