दाङका ६० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व
Tuesday, September 7th, 2021, 6:15 am
Kalpristha
कांग्रेसको १४ औं महाधिवेशन
लिलाधर वली
दाङ, २१ भदौ
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि दाङमा करिब ४० वडाहरुमा मतदान भएको छ । जिल्लाका दश वटा स्थानीय तहका एक सय वडाहरु मध्ये करिब ६० वडाहरुमा सर्वसहमतिमै नेतृत्व चयन भएको हो ।
१४ औं महाधिवेशन अन्तर्गत करिव ६० वटा वडा इकाई समितिहरुमा सभापतिसहित कार्यसमिति, क्षेत्रीय प्रतिनिधिहरु सर्वसहमतिमै चयनको काम भएको छ भने बाँकी वडाहरुमा सोमवार नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । दुई वटा वडाहरुमा प्राविधिक कारण मतदान हुन सकेको छैन ।
जिल्ला निर्वाचन समितिका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १, २, ६, ७, ८, १४, १५, १६ र १९ वडाहरुमा सर्वसहमतिमै नेतृत्व चयन भएको छ । उनका अनुसार तुलसीपुर उप-महानगपालिकाका वडा नं. १, ४, ६, ७, १०, १२, १४ र १८, लमही नगरपालिकाका वडा नं. २, ४, ५, ६, ७, ८ र ९ नम्वर वडा, बंगलाचुली गाउँपालिकाका वडा नं.१,२,३,४, ५,६, ७ र ८ नम्वर वडा, बबई गाउँपालिका वडा नं. ३ र ७ नम्वर, दंगीशरण गाउँपालिकाको वडा नं.१,२,३,५,६ र ८ मा सर्वसहमतिमै नेतृत्व चयन भएको छ ।
त्यसैगरी गढवा गाउँपलिकामा वडा नं. १,२,३,५,६ र ७ नम्वर वडा, राजपुर गाउँपालिकामा वडा नं.१,२,४,५,६ र ७ नम्वर, शान्तिनगर गाउँपालिकामा २ र ७ नम्वर र राप्ती गाउँपालिकाका वडा नं. ३, ४, ५, ६,७ र ८ नम्वर वडामा अहिलेसम्म सर्वसहमतिमा नेतृत्व चयन भएको र बाँकी वडाहरुमा नयाँ नेतृत्व चयनका लागि मतदान भएको निर्वाचन समितिका सदस्य कुमारराज श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार कतिपय ठाउँ भौगोलिक विकटताका कारण सम्पूणर् विवरण प्राप्त हुन नसकेको समेत बताए ।
तुलसीपुर ५ र १६ मा मतदान आज
यसैबिच तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र १६ मा नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुने भएको छ । सहमतिमा नयाँ नेतृत्व चयन हुन नसकेपछि सोमवार मतदान हुने निर्वाचन कार्यतालिका भएपनि प्राविधिक कारण तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र १६ मा मतदान हुन नसकेको निर्वाचन समितिका सदस्य कुमारराज श्रेष्ठले जानकारी दिएका छन् । ‘जिल्ला निर्वाचन समितिका अनुसार २० गते उमेदवारी दर्ता गर्ने र २१ गते नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने कार्यतालिका थियो’,सदस्य श्रेष्ठले भने,‘तर प्राविधिक कारण दुई वडाहरुमा सोमवार मतदान हुन सकेन ।’ मतपत्र छाप्न ढिलाई भएका कारण निर्वाचन हुन नसकेको बताइएको छ । अब मंगलबार आज निर्वाचन हुने छ ।’