डोल्पामा बारीमै सड्दै अर्गानिक अंगुर : नेपालगन्जमा हाहाकार
Tuesday, September 7th, 2021, 5:09 pm
Kalpristha
फारममा पुग्ने नवआगन्तुकलाई सत्कारस्वरुप अंगुर खान दिएर फर्कदा अंगुरकै उपहार सहित पठाउने गर्छन् त्रिपुराकोटका अंगुर कृषक । नेपालका शहरहरुमा यत्तिखेर अंगुरको अभाव छ । तर हिमाली जिल्ला डोल्पाको त्रिपुराकोटमा प्रतिकेजी ५० रुपैयाँमा अर्गानिक र स्वास्थ्यबद्र्धक अंगुर किन्न पाइन्छ । तर, बारीमै कुहिन थालेका अंगुरलाई बजारसम्म कसले पुर्याइदिने ?
विष्णुप्रसाद देवकोटा
डोल्पा,२२ भाद्र
ए हजुर तपाई कता? हिमाली अर्गानिक अंगुर यता ?
त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने खातीज्युलामा यत्तिखेर अर्गानिक अंगुर लटरम्म फलेको छ । फारममा लटरम्म फलेका अर्गानिक स्वादिष्ट अंगुरले अंगुरका पारखीहरुलाई बोलाइरहेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ मा पर्ने त्रिपुराकोट, रल्ली र गल्ली गाउँमा अंगुरलाई पकेट खेतीको रुपमा विकास गर्ने गरी कृषकले अंगुर खेती गरेका छन् । विशेषगरी त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट, रल्ली र गल्ली गाउँले यत्तिखेर अंगुर गाउँको रुपमा आफुलाई स्थापित गर्न थालेका छन् ।
त्रिपुराकोट गाउँमा पुग्ने पाहुनालाई कृषकले फारममा लटरम्म फलेका अंगुरले स्वागत गर्ने गरेका छन् । फारममा पुग्ने नवआगन्तुकलाई सत्कारस्वरुप अंगुर खान दिएर फर्कदा अंगुरकै उपहार सहित पठाउने गर्छन् त्रिपुराकोटका अंगुर कृषक । नेपालका शहरहरुमा यत्तिखेर अंगुरको अभाव छ । तर हिमाली जिल्ला डोल्पाको त्रिपुराकोटमा प्रतिकेजी ५० रुपैयाँमा अर्गानिक र स्वास्थ्यबद्र्धक अंगुर किन्न पाइन्छ । तर, बारीमै कुहिन थालेका अंगुरलाई बजारसम्म कसले पुर्याइदिने ?
त्रिपुरासुन्दरी १ का मोतिप्रसाद हमालले हमाल फलफूल तथा अंगुर खेतीको नाममा फर्म दर्ता गरेर अंगुरको व्यवसायिक खेती गरेका छन् । उनको फर्ममा यत्तिखेर झण्डै दुई लाखको अंगुर फलेको छ । बजार अभावमा लटरम्म फलेको अंगुर मुल्य नपाउदा फारममै कुहिएर जानथालेको गुनासो कृषक हमालको छ ।

बिक्रिको लागि अंगुर टिप्दै कृषक मोतिलाल बोहरा
त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले ०७५ सालमा भारतको महाराष्ट्रमा पर्ने नासिकबाटै नौ हजार अंगुरका बिरुवा ल्याएर कृषकलाई वितरण गरेका थिए । कालो रङको अंगुर अर्गानिक रुपमा फलेकाले स्वास्थ्यको लागि फइदाजनक हुने भएपनि बजार र अन्य उत्पादन बनाउ प्रशोधन गर्ने उपकरणको अभावमा फारममा कुहिएर मलखादको रुपमा प्रयोग गर्नु बाहेक अरु विकल्प नहुने अर्का कृषक सरिता हमालको भनाई छ । सरीताले भनिन् ‘दिनमा दुई पटक डोकामा बोकेर त्रिपुराकोटको बगरबजारमा बिक्रीको लागि राखेपनि मुश्किलले कट्ने गरेको र दैनिक दुई देखि तीन हजार सम्मको मात्रै व्यपार हुने गरेको छ ।’
सहज यातायातको अभाव र महंगो ढुवानीका कारण नेपालगन्ज लगायतका शहरी क्षेत्रमा यत्तिखेर अंगुरको अभाव हुने भएपनि डोल्पामा लटरम्म फलेको अंगुरले बजारको पहुँच सम्म पुग्न सकेको छैन । डोल्पाका रंग, खदाङ्ग, त्रिपुराकोट, रल्ली र गल्लीमा अंगुर फलेको छ । डोल्पामा अंगुरको व्यवसायिक खेती गरिएको यो पहिलो पटक हो ।
सहज यातायातको अभाव र महंगो ढुवानीका कारण नेपालगन्ज लगायतका शहरी क्षेत्रमा यत्तिखेर अंगुरको अभाव हुने भएपनि डोल्पामा लटरम्म फलेको अंगुरले बजारको पहुँच सम्म पुग्न सकेको छैन । डोल्पाका रंग, खदाङ्ग, त्रिपुराकोट, रल्ली र गल्लीमा अंगुर फलेको छ । डोल्पामा अंगुरको व्यवसायिक खेती गरिएको यो पहिलो पटक हो ।
त्रिपुरासुन्दरी नगरपालिकाका कृषि प्रेमी मेयर बुढाले पहिलो पटक ०७५ मा एक करोड र दोस्रो पटक ०७६ मा १ करोड ४० लाख रुपैया फलफूलका विरुवा खरिद र कृषकलाई घेरावार निर्माणका लागि बजेट विनियोजन गरेका थिए । अंगुरको फारममा सहयोगका लागि राखिएको एंगललाई समेत झुकाएर लटरम्म फलेको अंगुर कृषकलाई टिप्न यत्तिखेर कृषकलाई भ्याईनभ्याई छ ।त्रिपुरासुन्दरी १ कै सुस्मिता श्रेष्ठको फारममा पनि अंगुर लटरम्म फलेको छ । झण्डै एक हेक्टर जमिनमा फलेको अंगुर नेपालगन्ज लगायतका शहरमा लगेर बिक्री गर्न सकेमा तीन लाख सम्मको आम्दानी हुने अंगुर व्यवसायी श्रेष्ठ बताउँछिन् । नगरकेन्द्र बगर र सदरमुकाम दुनैमा सस्तोमा बिक्री गर्दा पनि दिनको सरदर तीन हजार सम्मको आम्दानी हुने गरेको र सानो बजारले गर्दा अंगुरले खासै बजारको पहँच सम्म नपुगेको श्रेष्ठको भनाई छ ।
अंगुरखेतीको विशेष कार्यक्रम ल्याएर व्यवसायिक अंगुरको खेतीको लागि प्रोत्साहन गरेपनि नगर मेयर ओमबहादुर बुढाको निधनसंगै नगरले अंगुर विशेष कार्यक्रमको लागि विनियोजन गरेको वजेट पनि अन्यत्र शिर्षकमा खर्च गरेर घेराबार कार्यक्रम नै ओझेलमा पार्दा फारममा अंगुर फलेर सडेर जान थालेको वयवसायी श्रेष्ठ बताउँछिन् ।
सुस्मिता फलफूल अंगुर नर्सरी फर्म दर्ता गरेर व्यवसाय गर्दै आएकी श्रेष्ठ यातायातको सहज सुविधा र नगरले ढुवानी अनुदानको व्यवस्था गरिदिएमा नेपालगन्ज लगायतका शहरी क्षेत्रमा यहाँको अर्गानिक अंगुर पुर्याउन सकिने बताउँछिन् ।
कौशल फलफूल फर्मको नाममा फारम दर्ता गरी अंगुरको खेती गरेका लवचन्द्र रोकाया डोल्पामा अंगुर व्यवसायको लागि अनुकुल मौसम भएको बताउँछन् । साउन भदौ देखि असोजसम्म नेपालका ठूला शहरी क्षेत्रमा अंगुरको हाहाकार हुने तर हिमाली जिल्लामा भने अंगुर बजार अभावमा सडेर जाने भएकाले सरकारले डोल्पाली अंगुर किसानको लागि ढुवानी अनुदानको व्यवस्था गर्नु पर्ने माग रोकायाको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाका कार्यकारी प्रमुख प्रितीभक्त गिरीले अंगुर कृषकको लागि घेराबार एंगल खरिदको लागि बजेट विनियोजन भएपनि कोरोनाको खोप लगायत स्वास्थ्य उपकरण खरिदमा खर्च गरिएको बताए । डोल्पामा अंगुरको खेती राम्रो हुने देखिएकोले आगामी वर्षमा विशेष वजेट विनियोजन गरेर ढुवानी अनुदान लगायत घेरावारमा जोड दिन आवश्यक पहल गरिने गिरीले बताए ।
कणर्ाली प्देश सरकारले कणर्ालीमा स्याउ जोन कार्यक्रम संचालन गरी स्याउ ढुवानीमा अनुदानको व्यवस्था गरेको थियो । डोल्पाली अंगुरलाई पनि शहरी क्षेत्रको बजारसम्म पुर्याउन हवाई ढुवानी अनुदानको व्यवस्था गरेमा कृषकको अंगुरले बजार पाउनुका साथै सरकारले कृषि फलफूलको खेतीबाट किसानको आर्थिक जीवनस्तर माथि उकास्ने लिएको लक्ष्य पनि पूरा भइ सरकारको नाराले सार्थकता पाउन सक्नेछ ।

कृषक मोतिलाल बोहरा र उनको बारी