लामिछाने बने सर्वाेत्कृष्ट कर्मचारी
Tuesday, September 7th, 2021, 7:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्ती सोनरी, २२ भाद्र
लेखा अधिकृत गौरवकुमार लामिछाने सर्वोत्कृष्ट कर्मचारी घोषित भएका छन् । प्रत्येक वर्ष भाद्र २२ गते मनाइने निजामति सेवा दिवसमा राप्ती सोनारी गाउँपालिका जिल्ला प्रशासन कार्यालय लेखा अधिकृत लामिछानेलाई सर्वाेत्कृष्ट कर्मचारी घोषित भएका हुन् ।
राष्ट्रियस्तरमा सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारी छनौट गरी पुरष्कृत गर्ने परिपाटीलाई पच्छ्याउँदै राप्ती सोनारी गाउँपालिकाले पनि लामिछानेलाई सम्मान गरिएको जनाइएको छ । निजामती सेवा दिवस–२०७८ को उपलक्ष्यमा राप्ती सोनारी गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बीच लेखा अधिकृत लामिछानेलाई वर्षको उत्कृष्ट कर्मचारी र अन्य १३ जना उत्कृष्ट कर्मचारी घोषित गर्दै प्रशंसा पत्र नगदसहित सम्मान गरिएको हो ।
निजामति सेवामा रहेका लेखा अधिकृत लामिछाने निष्ठावान र लगनशील कर्मचारी मानिन्छन् । कार्यालयमा कार्यरत कर्मचारीहरू मध्ये आन्तरिक मूल्यांकनका आधारमा लामिछानेलाई उत्कृष्ठ छनौट गरिएको जनाइएको छ ।
लेखा अधिकृत लामिछाने लगाएत गाउँपालिकामा कार्यरत कर्मचारीलाई गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिराम कुमारी खत्री, प्रमुख प्रसाशकिय अधिकृत लोक बहादुर शाही, ३ का वडाध्यक्ष गंगाराम थारु, ५ का वडा अध्यक्ष झगरु थारुलगायतले संयुक्त रूपमा खादा टोपी र दोसल्ला सहित सम्मान गर्नुका साथै प्रमाण पत्र समेत प्रदान गरेका थिए ।

सम्मानपछि समुहिक तस्बिर
यसरी सम्मानित हुनेमा शिक्षा शाखाका प्रमुख जिवन न्यौपाने, स्वास्थ्य शाखाका सिअहव छैटौं सुरेसकुमार शर्मा, पशु शाखाका संयोजक जयबहादुर कार्की, स्वास्थ्य शाखाका प्रमुख दीपेन्द्र केसी, प्रशाशन शाखाका प्रमुख लोकेन्द्र चन्द, सचिव रोशन कुमार वली, सवइन्जिनियर दुर्गा केसी, अहेव बकलबहादुर थारु, सुपर भाइजर शितल बहादुर चौधरी, स्टाफ नर्स सुमन थारु, कार्यलय सहयोगी चेत बहादुर बोहरा र रामप्यारी थारु रहेका छन् ।