१६ खर्ब ३२ अर्ब बजेट लक्ष्य सहितको प्रतिस्थापन विधेयक पेश
Friday, September 10th, 2021, 4:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ भाद्र
सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको बजेट लक्ष्य सहितको प्रतिस्थापन विधेयक बिहीबार संसदमा पेश गरेको हो ।
यसअघि केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटलाई प्रतिस्थापन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ’प्रभाकर’ले बजेट ल्याएका हुन् । कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए ।
यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो ।
प्रतिस्थापन विधेयक Final – Press.pdf