प्रेस स्वतन्त्रता सेनानी गुप्तको जन्म जयन्ती मनाइदै
Friday, September 10th, 2021, 8:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ भाद्र
प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त(चाचाजी)को ९३ औं जन्मजयन्ती मनाइने भएको छ । प्रेस स्वतन्त्रता सेनानी स्व पन्नालाल गुप्त प्रतिष्ठानद्धारा गुप्तको भाद्र २७ गते ९३ औं जन्मजयन्ती मनाउन लागिएको हो । प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताको अध्यक्षतामा शुक्रबार बसेको वैठकले जन्मजयन्तीमा श्रदाञ्जली सभासहितको कार्यक्रम गर्ने निणर्य गरेको हो ।
नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार गुप्तको ०७६ माघ १५ गते निधन भएको थियो । आइतबार दिउसो डीएसपी रोडस्थित म्याजेष्टिक पार्टी प्यालेसमा गरिने कार्यक्रममा स्व. गुप्तको योगदान र व्यक्तित्व चर्चासहित श्रद्धाञ्जली अर्पण गरिने छ । यस्तै जन्मजयन्तीकै पूर्व सन्ध्यामा प्रतिष्ठानका तर्फबाट शनिबार निलसागर आश्रममा खाना पनि खुवाइदैछ । जन्मजयन्ती र समृती दिवस मनाउदै आएको प्रतिष्ठानले स्व. गुप्तको सम्मानमा रानी तलाउ नजीक चौक नामाकरणसहित शालीक स्थापनाको समेत माग गर्दै आएको छ । यसअघि अवधी पत्रकार संघ, नेपाल पे्रस यूनीयन लगायत पत्रकारका संघ संगठनले पनि पन्नालाल चौक स्थापनाको माग गर्दै आएका छन् ।