संखुवासभा हत्या काण्ड मच्चाएको आरोपमा भतिज नाता पर्ने छिमेकी पक्राउ
Saturday, September 11th, 2021, 8:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ भाद्र
संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एक परिवारका ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय भतिज नाता पर्ने छिमेकी लोकबहादुर कार्की पक्राउ परेका छन् । पारिवारिक रिसइवीका कारण लोकबहादुरले हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । मादी नगरपालिका-१ स्थित ६ जनाको हत्या गरिएको घर ।
गत सोमबार ५७ तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । तेजबहादुर र लोकबहादुर काका-भतिज हुन् । लोकबहादुरको घर घटना भएको ठाउँबाट करिब १ सय ५० मिटरको दूरीमा पर्छ । प्रहरीले यस सम्बन्धी विस्तृत विवरण आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।
आरोपीले प्रहरीलाई दिएको बयानमा कसुर स्वीकार गरेको अनुसन्धानमा संलग्न एसपी भीम दाहालले बताए ।
गत सोमबार तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानसमेतको ठूलो टिम परिचालन भएको थियो ।