समाचारदाता कालपृष्ठ नेपालगन्ज २६ भाद्र
नेपालगन्ज उप–महानगरपालिका–१२ कोरेनपुरमा १० लाख रुपैयाँ बढी लगानीमा आधुनिक ब्युटी पार्लर संचालनमा आएको छ । स्थानीय कृष्ण श्रेष्ठले सुविधासम्पन्न अध्याधुनिक रारा ब्युटी पार्लर संचालनमा ल्याएकी हुन् ।
उक्त पार्लरको नेपालगन्ज उप–महानगरपालिकाकी उप–मेयर उमा थापामगरले आइतबार उद्घाटन गरिन् । मगरले नेपालगन्जमै आधुनिक ब्युटी पार्लर संचालनमा आएको बताएन् । उनले नेपालगन्जमा ब्युटी पार्लरको अवस्था राम्रो हुँदै गएको र यसबाट महिला दिदी बहिनी आत्मनिर्भर हुँदै गएको बताइन् ।
विगत ३० वर्ष भारतमा आफ्नो व्यवसाय संचालन गर्दै आइरहेकी संचालक श्रेष्ठ नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले पार्लर सुरु गरेको बताउँछिन् । सोही अनुसार उनले नेपालगन्जमा विगत सात वर्षदेखि ब्युटी पार्लरको काम गर्दै आइरहेकी छिन् ।
श्रेष्ठ ब्युटिसिनका साथै फेसन डिजाइनर पनि हुन् । भारतमा उनले सुरुवाती चरण फेसन डिजाइनका रुपमा काम गरेको बताउँछिन् । औपचारीक रुपमा पार्लरको सुरुवात आइतबारदेखि गरेपनि श्रेष्ठले यसअघि घरमै पार्लरको काम गर्दै आइरहेकी थिइन् ।
उनीसँगै पार्लरमा अन्य तीनजना पनि क्रियासिल रहेका छन् । जसमा उनकी छोरीसहित अन्य दुईजना रहेका छन् । उक्त पार्लरमा लेडिजका लागि मात्र भएकाले सम्पूर्ण लेडिजसम्बन्धी काम पार्लरमा हुने श्रेष्ठले बताइन् ।
सुरुवाती समयमा शून्यबाट आफूले सुरु गरेर उदाहरण दिँदै श्रेष्ठ ‘ब्युटिपार्लर राम्ररी सिकेर मिहेनत गरेपछि अवसै सोचे झै काम हुन्छ’ भन्ने बताउँछिन् । महिला दिदीबहिनीका लागि यो पेसा कत्तिको फल दायिक छ भन्ने कालपृष्ठ प्रश्नमा उनी भन्छिन्, ‘यो पेसा महिलाहरुका लागि एकदमै राम्रो पेसा हो । किनभने यो पेसामा महिला दिदीबहिनी एकदमै सुरक्षित हुन्छन् । उनीहरुलाई कामका लागि बाहिर जानु पर्दैन । घरमै वा पसलमा बसेर काम गरे पुग्छ । अनि लेडिजसँगको सम्पर्कमात्र आउनु पर्छ । जसले गर्दा अन्य घटना, बाहिरी प्रभाव जस्ता धेरै कुराबाट सुरक्षित हुन्छन् र आत्मनिर्भर पनि हुन सक्छन ।’ श्रेष्ठले पार्लरमा सिप प्रदान गर्ने काम पनि गर्दै आएको जनाएकी छिन् ।
रारा ब्युटी पार्लरको सेवाका बारेमा थप बुझन चाहनुहुन्छ भने निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । ९८६६७४८१५२