कथाकार रेग्मीको ७५ औं जन्मोत्सव भव्यरुपले मनाइँदै
Wednesday, September 22nd, 2021, 8:45 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, २९ भाद्र
नेपाली मानक कथाकार सनत रेग्मीको ७५ औं जन्मदिन नेपालगन्जमा भव्यताका साथ मनाइँदै छ । नेपालगञ्ज-७ निवासी कथाकार रेग्मी आज असोज ६ गतेबाट ७५ औं वर्षमा प्रवेश गर्दै छन् । जन्मोत्सवका अवसरमा बाँकेका साहित्यिक संघ संस्थाहरुका तर्फबाट रेग्मीलाई सार्वजनिक अभिनन्दन गरिदैछ भने उनको सनत-७५ (रोजा कथाहरु) कृति पनि विमोचन गरिँदैछ । रेग्मीका लछमनियाको गौना लगायत ९ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । यस्तै, सोही समारोहमा बाँकेका विशिष्ट स्रष्टाहरुलाई दीर्घ साधना सम्मान पनि गरिन लागिएको छ । बाँकेका प्रमुख साहित्यिक संस्थाहरु भेरी साहित्य समाज केन्द्रीय समिति, मध्यपश्चिम स्रष्टा समाज, हाम्रो पूणर्िमा साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश शाखा, कल्पना फाउण्डेशन नेपालले संयुक्त रुपमा सनत रेग्मीः अमृतोत्सव नामक कार्यक्रम आयोजना गरी अभिनन्दनसहित बाँकेका ७० वर्ष माथिका १० जना स्रष्टालाई दीर्घ साधना सम्मान गरिने भएको हो । साहित्य, कला लगायत विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउनु भएका कृष्णजंग शाह, बबु्रवाहन सिंह, आशाराम मौर्य, सच्चिदानन्द चौवे, अव्दुल लतिफ शौक, भुपेन्द्र प्रकाश शर्मा, सृजन लम्साल, गणेश जीसी, विष्णुलाल कुमाल र दिवाकर शर्मालाई दिर्घ साधना सम्मान गरिँदैछ ।

ब्यानर