घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउँदैं जिजीविषा मेडिकल
Friday, September 17th, 2021, 2:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ असोज
बिरामीको घरदैलोमा पुगेर औषधी, ल्याब र नर्सिङ लगायतका सुविधा उपलब्ध गराउने उद्देश्य सहित नेपालगन्जमा जिजीविषा मेडिकल हल संचालनमा आएको छ । नेपालगन्ज पासाङ ल्हामु मार्गमा रहेको जिजीविषा मेडिकल हलले बिरामीलाई घरमै गएर औषधी, ल्याब लगायतका सुविधा उपलब्ध गराउने बताएको छ ।
नेपालगन्जमा साइन्स फेस्टिवल आयोजना गरेर चर्चा बटुलेका युवा आतंक वस्नेत र शिक्षा क्षेत्रका अनुभवी युवा विज्ञान शाहले मिलेर जिजीविषा मेडिकल हलको सुरुआत गरेका हुन् ।
यसका साथै मेडिकलले बिरामीको सुविधाका लागि अन्य विभिन्न सुविधाहरु समेत प्रदान गर्ने संचालक आतंक बस्नेतले बताए ।
उनले भने,‘स्वास्थ्य क्षेत्रमा केहि नयाँ काम गर्ने उद्देश्यले जिजीविषा मेडिकल हलको स्थापना गरेका हौं । नेपालगन्जमा अरु भन्दा फरक सुविधा हामी दिन्छौं । जुन बिरामी र अशक्तहरुका लागि सहज हुनेछ ।’
बस्नेतका अनुसार बिरामीलाई आवश्यक पर्ने औषधी अतिरिक्त शुल्क समेत नलिएर घरमै पु¥याउने सुविधा, बिरामीको घरमै गएर सबै प्रकारका ल्याब परीक्षणका लागि चाहिने नमुना संकलन गरेर रिर्पोट उपलब्ध गराउने, बृद्ध, बृद्धा, अशक्त र अन्य बिरामीलाई घरमै गएर नर्सिङ सेवा, एम्बुलेन्स सेवा, बेबि केयर वमन केयरका लागि प्रयोग गरिने सामान निशुल्क घरमै उपलब्ध गराउने सुविधा रहेको छ ।