क्यान्सर अस्पतालमा इको सेवा सुरु
Saturday, September 18th, 2021, 8:50 pm
Kalpristha
खम्ब पुन
नेपालगन्ज, २ असोज
बाँकेको खजुरामा रहेकोे सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा इको मेशिनद्वारा मुटुको जाँच सुरु भएको छ । जनताको प्रत्येक्ष सहभागितामा सञ्चालनमा आएको अस्पतालले शनिबारदेखि ईको मेशिनबाट मुटुको एक्सरे जाँच सेवा आरम्भ गरेको हो ।
अस्पतालले यसअघि ब्राकी थेरापी, हिस्टोप्याथालोजी, किमो सेवा सञ्चालनमा ल्याइसकेको छ । अस्पतालले अबको दुईमहिना भित्रै लिन्याक मेशिन जडान गरी पूणर्रुपमा सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।
ईको मेशिनको शुभारम्भको अवसर पारेर मुटु र पाठेघरका क्यान्सरका बिरामीहरुलाई लक्षित गरी क्यान्सर स्क्रिनिङ तथा मुटुसम्बन्धि एकदिने स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । शिविरमाा दुई सय २० बढी मुटुका बिरामी र दुई सय २२ पाठेघरका बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको अस्पतालले जनाएको छ ।
खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालल नेपालकै इतिहासमा जनताको प्रत्येक्ष सहभागिताबाट बनेको अस्पताल हो । अस्पतालले दैनिक एक सय ५० बढीलाई ओपिडि सेवा दिई रहेको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताए । उनले जुन क्यान्सरका बिरामीलाई किमो दिइन्छ त्यस्ता बिरामीको मुटुको अवस्था थाहा पाउन ईको मेशिनद्वारा भिडियो एक्सरे गर्न आवश्यक पर्ने भएकाले अस्पतालमा इको मेशिनको शुभारम्भ गरिएको बताए ।
किमोका बिरामीहरुलाई मुटुमा असरपर्ने भएकाले असर पत्तालगाउन भिडियो एक्सरेको आवश्यकता रहेकाले अस्पतालले ईको मेशिन खरिद गरी शनिबारदेखि सञ्चालनमा आउनेगरी शुभारम्भ गरिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक कृष्ण प्रसाद आचार्य बताए । उनले
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आयोजना गरेको इको मेशिनको सुभारम्भ तथा मुटु सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविरमा शहिद गंगालाल हृदय रोग केन्द्र काठमाण्डौका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.कार्तिकेश कुमार ठाकुर, प्रशुति गृह काठमाण्डौकी वरिष्ठ गाईनोकोलोजिष्ट डा. अनामिका झा, नेपालगन्ज मेडिकल कलेजका प्रा.डा. मिता सिंह, र प्रा. डा. राजश्री झाले मुटु तथा पाठेघरको जाँच गरेका थिए । कार्यक्रमको सहआयोजक लायन्स क्लब अफ नेपालगन्ज खजुरा, लियो क्लब अफ नेपालगन्ज खजुराले गरेको थियो ।