निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Saturday, September 18th, 2021, 8:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २ असोज
कुर्मी (वर्मा) सहयोगी हात बाँके नेपालगंजले खजुरा गाउँपालिका-७ कालिका प्रावि सोनवर्षामा आँखा, नाक, कान, घाँटीको विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
कुर्मी(वर्मा) सहयोगी हात बाँकले दलित, मधेशी, मुस्लिम समुदायलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा ४५० जनाले सेवा लिएका छन् । आँखा, कान, नाक, घाँटी लगायतका बिशेषज्ञ सेवा प्रदान गरिएकोमा २८० जनाको आँखा र १७० जनाले कानकोे परिक्षण गरि औषधि सहितको सेवा लिएको निःशुल्क स्वास्थ्य शिविर संचालनका संयोजक तथा कुर्मी (वर्मा) सहयोगी हात बाँके नेपालगंजका संयोजक डा. कौशल कुमार वर्माले जानकारी दिए ।
उनले शिविरमा परिक्षण गरिएका बिरामीहरु मध्ये ४५ जना आँखाका बिरामीहरुलाई शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल र ७ जनाको कानका बिरामीहरुलाई शल्यक्रियाका लागि भेरी अस्पताल र ब्रिनोज स्वास्थ्य स्याहार केन्द्रमा रेफर गरिएको बताए ।
बाँके जिल्लामा वसोवास गर्ने कुर्मी वर्मा समुदायका ब्क्तिहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको संयोजक डा. वर्माले बताए ।