कालपृष्ठ दैनिकको नयाँ ग्राहक योजना सुरु
Sunday, September 19th, 2021, 10:44 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ असोज
नेपालगन्जमा २४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको पत्रिका कालपृष्ठ दैनिकले संविधान दिवसको अवसर पारी नयाँ ग्राहक योजना सुरु गरेको छ । आइतबार नेपालगन्जको धम्बोझी चोकबाट योजनाको सुरुवात गरिएको हो ।

टिसर्ट हस्तान्तरण
योजनाको शुभारम्भमा धम्बोझी चोकस्थित त्रिवेणी पुस्तक सदन, घरबारी टोलस्थित हिमानी शु सेन्टर र नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष आदेश अग्रवाललाई नयाँ ग्राहक बनेको अवसरमा पत्रिकाको लोगोअंकित टिसर्ट वितरण गरिएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष आदेश अग्रवालले त्रिवेणी पुस्तक सदन र हिमानी शु सेन्टरका प्रोप्राइटरलाई र अग्रवाललाई कालपृष्ठ दैनिक एवं कालपृष्ठ न्युज डट कमका प्रबन्ध निर्देशक कमल खत्रीले टिसर्ट हस्तान्तरण गरेका थिए ।
अग्रवालले उक्त अवसरमा कालपृष्ठले साढे दुई दशकदेखि निरन्तर नागरिकहरुलाई सुसूचित गर्दै आएको बताए । देशका ठूला परिवर्तनका आन्दोलनमा कालपृष्ठले अग्रणी भूमिका खेलेको र पाठकहरुमा कालपृष्ठको विश्वसनीय छाप रहेको उनले उल्लेख गरे ।

टिसर्ट हस्तान्तरण
कालपृष्ठ दैनिक र कालपृष्ठ न्युज डट कमका प्रबन्ध निर्देशक खत्रीले कालपृष्ठ दैनिकको नयाँ ग्राहक बन्ने व्यवसायीहरुको व्यवसायको विज्ञापन एक हप्ताका लागि पत्रिकाले निःशुल्क गर्ने जानकारी दिएका छन् ।

कालपृष्ठ न्युज डट कम