मेयरकप नेपालगन्ज साइकल दौड प्रतियोगिता सम्पन्न
Sunday, September 19th, 2021, 6:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ असोज
संविधान दिवसको अवसर आयोजित मेयरकप नेपालगन्ज साइकल दौड प्रतियोगिताको तेस्रो सस्करण सम्पन्न भएको छ ।
नेपालगन्ज साइक्लिङ्ग क्लब बाके ले आयोजना गरेको प्रतियोगिता नेपालगन्जको हजरत सामुदायिक वन झोरा ट्रेलमा सम्पन्न भएको हो ।

दौडमा सहभागी
एमटिबि इलाइट महिला-पुरुष, एमटिभी मास्टर पुरुष र साधारण साइकल महिला-पुरुष गरी ५ क्याटोगरीमा प्रतियोगिता भएको थियो ।
एमटिबी मास्टरमा ४५ वर्ष माथिका पुरुषहरु सहभागी थिए । जसमा कृष्ण विक प्रथम, प्रदीप सापकोटा दोस्रो र राजु श्रेष्ठ तेस्रो भए ।
साधारण साइकल महिलातर्फ अनिता सत्याल प्रथम कल्पना सार्की दोस्रो र सरिता थारु तेस्रो भए भने एमटिबी इलाइट पुरुष तर्फ जङ्गु थारु प्रथम, बाबुराम बिश्वकर्मा दोस्रो र सन्जय कुमार कुर्मी तेस्रो भए ।
यस्तै महिलातर्फ रितु शाह प्रथम साया थापा दोस्रो र रुपा थारुले तृतीय स्थान प्राप्त गरेको आयोजक संस्था नेपालगन्ज साइक्लिङ्ग क्लब का सदस्य सतिश निरौलाले जानकारी दिएका छन् ।
नेपालगन्ज उपमहानगरका मेयर डाक्टर धवल समसेर राणाको प्रमुख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको लागी नेपालगन्ज उपमहानगरले आर्थिक सहयोग गरेको सदस्य निरौलाले जानकारी दिए ।
साइकलका प्रतियोगिता र गतिविधिले नेपालगन्ज शहर चिनाउन मद्धत पुग्ने बताउँदै साइकल स्वास्थ्य, पर्यावरण र पर्यटन का लागी समेत महत्वपूणर् भएको मेयर राणाले बताए ।