टाटा शोरुमको शुभारम्भ
Monday, September 20th, 2021, 6:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ असोज
नेपालगन्जमा टाटा कम्पनीका कारहरुको शोरुम सन्चालनमा आएको छ । सोमबारदेखि नेपालगन्जको राँझा चोकनजिकै रुद्रप्रिया इन्टरनेश्नल शोरुम सन्चालनमा आएको हो । डिलरको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, टाटा कम्पनीका कन्ट्रि म्यानेजर अजित सिंह र सिप्रदी ड्रेडिङका भाइस प्रेसिडेन्ट सौरभराज थपलियाले उद्घाटन गरे ।

कार
उद्घाटन कार्यक्रममा बोल्दै मेयर डा. राणाले नेपालगन्ज विभिन्न व्यपारिक वस्तुहरुको केन्द्र बन्दै गइरहेकोमा पछिल्लो समय सवारी साधनको व्यापारमा पनि ठूलो लगानी भित्रिनु खुसीको कुरा भएको बताए ।
सिप्रदीका भाइस प्रेसिडेन्ट शौरभराज थपलियाले नेपालगन्जमा टाटा कारको आधिकारिक बिक्रेतामारुमपा दुईजना युवा व्यवसायीहरु जोडिएकोमा खुसी व्यक्त गरे । सिप्रदीले अटोमोबाइल्सको क्षेत्रमा सामाजिक उत्तरदायित्वका साथ काम गरिरहेको बताउँदै उनले नेपालगन्जमा पनि कार बाहेकका सेवाहरुले सेवाग्राहीको मन जितिसकेको बताए । उनले कारको व्यपारमा पनि अग्रणी भन्ने संभावना र उदेश्यसहित नेपालगन्जमा शोरुम सन्चालनमा आएको बताए ।
टाटाका कन्ट्रि म्यानेजर अजित सिंहले टाटाका सबै मोडेहरु आकर्षक, भरपर्दो र सुरक्षित रहेको बताए ।
हाल नेपालमा उपलब्ध ‘टाटा डियागो’, ‘नेक्शन’, ‘नेक्शन इभि’, ‘द अल न्यू एभ५’, ‘अल्ट्रोज’ र ‘टिगोर’ भेराइटीहरु उपलब्ध रहेको शोरुमका प्रबन्ध निर्देशक एवं सन्चालक माधवप्रसाद शर्माले जानकारी दिए । सबै भेराइटीहरुको नेपालमा उच्च माग रहेको उनले बताए ।

कार अवलोकन गर्दै
शोरुमका सन्चालक नवराज विष्टले नेपालगन्जमा पनि ग्राहकहरुले राम्रो साथ पाइने विश्वास व्यक्त गरेका छन् ।
शोरुम उद्घाटन कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरन्जिवी वली, एशोसियट सदस्य दिपेन्द्र विष्ट, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत सरद पौडेललगायतको सहभागीता रहेको थियो ।