नेपालगन्जमा पनि आयो लेडिज ब्राण्ड बेसमार्क
Monday, September 20th, 2021, 6:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ असोज
नेपालगन्जमा लेडिज वेयरहरुको ब्राण्ड बेसमार्कको आउटलेट सन्चालनमा आएको छ । नेपालगन्जको न्युरोडमा हङकङेली ब्राण्ड बेसमार्कको आउटलेट सन्चालनमा आएको हो । सुर्खेत निवासी व्यवसायी ध्रुव शर्माले आउटलेट सन्चालनमा ल्याएका हुन् ।

बेसमार्क नेपालगन्ज
आउटलेटको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरन्जिवी वली, एशोसियट सदस्य दिपेन्द्र विष्टलगायतले आउटलेटको उद्घाटन गरे ।
लेडिज वेयरका जुत्तादेखि टोपीसम्म सबै किसिमका पोशाकहरु आउटलेटमा उपलब्ध छन् । बेसमार्कको १६ औँ आउलेटको रुपमा नेपालगन्ज आउटलेट सन्चालनमा आएको शर्माले जानकारी दिए ।
पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको बेसमार्कका पारखीहरु नेपालमा पनि बढ्दै गएको तर नेपालगन्जमा कुनैपनि आउटलेट नभएकोमा आफूले सन्चालनमा ल्याएको शर्माको भनाइ छ । उनले नेपालगन्जपपछि सुर्खेतमा पनि आउटलेट सन्चालन गर्न लागेको जानकारी दिएका छन् ।
बेसमार्कको उत्पादनहरु अन्य उत्पादनमा भन्दा रेटमा सहुलियतपूणर् र रोजेको डिजाइनमा उपलब्ध हुने उनले बताएका छन् ।