युवा स्टार खेलाडीको क्रिकेट टोलीमा वर्चस्व
Thursday, February 9th, 2017, 9:24 pm
amit
माघ २७, काठमाण्डौ ।
बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याबिरुद्धको खेलको लागि प्रारम्भिक २४ सदस्यीय नेपाली टिमको घोषणा भएको छ । घरेलु क्रिकेटमा प्रतियोगितामा गरेको प्रर्दशनका आधारमा आइसीसी प्रतिनिधि भेन्कटपति राजु, प्रशिक्षक जगत टमाटा र पारस खड्काले टोलीको छनोट गरेका हुन ।
टोलीमा आसिफ शेख, अमित श्रेष्ठ, दिलिप नाथ, कुशल भुर्तेल, दिपेश श्रेष्ठ र सुशन भारीले स्थान पक्का गरेका छन ।
प्रारम्भिक २४ जनामा विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेल तथा अनिल मण्डल, नरेश बुढायर, पृथु बास्कोटा, सोनु तामांग, सुशील कंडेल जस्ता खेलाडी अन्तिम २४ टोलीमा पर्न सकेनन ।
नेपाली टोलीका सदस्य यस प्रकार छन ।
१. पारस खड्का
२. ज्ञानेन्द्र मल्ल
३. आसिफ शेख
४. अमित श्रेष्ठ
५. सुशन भारी
६. दिलिप नाथ
७. मेहबुब आलम
८. करन केसी
९. आरिफ शेख
१०. सागर पुन
११. भुवन कार्की
१२. शरद भेसावकर
१३. कुशल भुर्तेल
१४. बिक्रम सोब
१५. शक्ति गौचन
१६. अविनाश कर्ण
१७. सोमपाल कामि
१८. सुनिल धमला
१९. दिपेन्द्र ऐरी
२०. बसन्त रेग्मी
२१. दिपेश श्रेष्ठ
२२. राजेश पुलामी मगर
२३. बिनोद भण्डारी
२४. सन्दिप लामिछाने
आगामी सोमबारबाट अन्तिम चरणको बन्द प्रशिक्षण सुरु गरिने छ ।